११ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा सहभागिताबारे शर्तहरू अघि सारेको छ ।
पृथ्वीनारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दू राष्ट्र कायम तथा संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने राप्रपाको शर्त छ ।
सरकारमा सहभागिताबारे राखिएको जिज्ञासामा राप्रपाका एक जना प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘पहिले हाम्रा यी चार शर्त पूरा हुनुपर्यो नि ।’ कांग्रेस नेतृत्वको गठबन्धन तोडाउने आफूहरुको पहिलो लक्ष्य पूरा भएको भन्दै उनले सरकारमा सहभागी हुने कि नहुने भन्ने कुरा गौण रहेको बताए ।
राप्रपाका अर्का प्रवक्ता मोहन श्रेष्ठले सरकारमा सहभागी हुने कि नहुने भनेर पार्टीमा छलफल भइरहे पनि निर्णय नभइसकेको बताए । उनले भने, ‘सरकारमा जाँदाका सकारात्मक र नकारात्मक पक्षहरुको सूक्ष्म अध्ययन गरिरहेका छौं । जे निर्णय गर्छौं चाँडै गर्छौं ।’
१४ सांसद रहेको राप्रपा संसदको पाँचौं ठूलो दल हो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4