
११ पुस, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । ९ पुस शुक्रबारदेखि लागु हुने गरी बैंक सञ्चालक समितिले पोखरेललाई कामु सीईओमा नियुक्त गरेको हो ।
२७ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा कार्यरत पोखरेल मेगा बैंकको स्थापना गर्दाको १४ जना संस्थापकमध्ये एक हुन् । बैंक सञ्चालनमा आउनुभन्दा अघि नै १ वैशाख २०६७ देखि पूर्वसञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गरेका थिए ।
पोखरेल मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सीईओ बनेका हुन् । उनले बैंकको स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरुको विभागीय जिम्मेवारी बहन गर्नुका साथै कम्पनी सचिवको रुपमा समेत काम गरेका थिए ।
नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रुपमा करिब तीन दशक अघि बैंकिङ करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बन्नेका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि फ्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत थिए ।
बैंकबाट स्वेच्छिक अवकाश लिएकी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले धन्यवाद दिएको छ ।
प्रतिक्रिया 4