+
+

जहाजमा यात्रुले छाडेर हिंड्छन् पर्सदेखि ल्यापटपसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १४:२१
फाइल तस्वीर

१९ पुस, काठमाडौं । हवाई यात्राका दौरान भुलक्कड यात्रुका कारण सम्बन्धित यात्रुले मात्र होइन, वायुसेवा कम्पनी र ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदायक एजेन्सीले पनि उत्तिकै सास्ती भोग्नु पर्छ ।

नेपालमा सञ्चालनमा रहेका तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ सेवा दिइरहेको छ । यस्तो सेवा अन्तर्गत जहाजको क्याविन सरसफाइ समेत पर्छ । यस दौरान यात्रुले आफ्नो साथमा ल्याएका सामान बिर्सिएर हिँडेका वस्तु फेला पर्छन् ।

नेपाल एयरलाइन्सको ग्राउन्ड सपोर्ट विभागका अनुसार विमानस्थलमा जहाजको क्याबिन सरसफाइका दौरान मानिसहरुले पर्सदेखि ल्यापटपसम्म सिटमै छाडेर हिंडेको पाइन्छ ।

विभागका अनुसार यस वर्ष साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा कुल ६९ वटा सामान जहाजको सीटमा यात्रुले छाडेर गएको अवस्थामा भेटिएका छन् । जसमा सबैभन्दा धेरै संख्या आइप्याड र ल्यापटपको छ । यस्तो वस्तु तीन महिनाको अवधिमा २१ वटा फेला परेको छ । यात्रुको पर्स १६ वटा भेटिएको छ । १० जना यात्रुको सीटमा भने मोवाइल छाडेको पाईएको छ ।
२ यात्रुले क्यामरा नै छाडेर हिँडेका छन् । ५ जना यात्रुको सीटमा सुन तथा गहना फेला परेको विभागको तथ्यांकमा उल्लेख छ । त्यसबाहेक अन्य यात्रुको सीटबाट भने खासगरी पावरबैक, विभिन्न विद्युतीय उपकरण, पेनड्राइभसहितका सामान भेटिएका छन् । यस्ता सामग्री सम्बन्धित वायुसेवा कम्पनीका कर्मचारीको जिम्मा लगाउने गरिएको विभागको भनाई छ । कतिपय सामाग्री भने क्रु मेम्बरको जिम्मा समेत लगाइन्छ । कतिपय सामग्री भने प्रहरी र सुरक्षा निकायलाई समेत बुझाउने गरिएको छ ।

यो अन्तर्राष्ट्रिय उडानका यात्रुले सिटमा भुलेका सामानको विवरण हो । आन्तरिक उडानका जहाजमा भने यस्तो काम सम्बन्धित वायुसेवा स्वयमःले गर्दै आएका छन् । सोही कारण सीटमा यात्रुले छोडेका सामानको विवरण सार्वजनिक हुने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?