+
+

राष्ट्रिय सभाले चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १४:१७

२४ पुस, काठमाडौं । राष्ट्रिय सभाले चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘संसद सचिवालयले आन्तरिक तयारी गरेपछि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चल्छ’ संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने । संघीय संसदको अधिवेशन सोमबारबाट सुरु हुँदैछ ।

यसअघि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिए पनि प्रभावकारी कार्यान्वयन नभएको भनी प्रश्न उठिरहेका बेला कार्य व्यवस्था परामर्श समितिले मन्त्रीसँग प्रश्नोत्तर प्रभावकारी बनाउन खोजेको सांसदहरु बताउँछन् । यसका लागि अधिवेशन सुरु हुनु अगावै निर्णय गरिएको भनिएको छ ।

प्रतिनिधि सभामा भने मन्त्री र प्रधानमन्त्री दुबैसँग प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था छ । प्रतिनिधिसभामा पनि प्रश्नोत्तर कार्यक्रम प्रभवकारी रुपमा सञ्चालन हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?