+
+

वाणिज्य सचिवकाे प्रश्न : ५२ वर्ष एकाधिकारपूर्ण बजार पाएको निगमकाे हैसियत किन यस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १३:३०

२६ पुस, काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले आयल निगमकाे वित्तीय अवस्थालाई लिएर प्रश्न गरेका छन् । निगमको सञ्चालक समिति अध्यक्ष समेत रहेका सचिव मरासिनीले निगमको ५३औं वार्षिकोत्सवकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै ५२ वर्षसम्म एकाधिकारपूर्ण बजार पाएकाे निगमकाे अवस्था कहाँ छ भनेर प्रश्न गर्नुपर्ने अवस्था रहेको बताए ।

निगमले अवसरलाई आफ्नाे हितमा प्रयाेग गर्न नसक्दा चुकेकाे भन्दै उनले भने, ‘५२ वर्षदेखि एउटै घरानाले चलाएकाे संस्थाकाे अवस्था कहाँ छ ? निगमले अवसरलाई हितमा बदल्न सकेन ।’

जनताकाे दैनिकसँग जाेडिएकाे वस्तुको काराेबार गर्ने भएकाले संस्थाबारे समाजले प्रश्न गर्ने भन्दै उनले त्यसलाई चुस्तबाट मात्रै जवाफ दिन सकिने बताए । निगम बलियो भए मात्रै आपूर्ति व्यवस्था चुस्त हुने र उपभोक्तालाई लाभ दिन सकिने मरासिनीले बताए । आफ्नाे नेतृत्वकालमा इन्धनकाे मूल्य स्वचालित प्रणालीमा लैजाने पनि उनले बताए ।

निगमकाे कर्मचारी माथि उठेकाे सुविधाकाे प्रश्नबारे जवाफ दिंदै सचिव मरासिनीले सुधारकाे विकल्प गुणात्मक सुधार मात्रै भएको बताए । नेपालका पेट्रोल पम्पहरु फाेहाेर भएको भन्दै उनले पम्प व्यवसायीलाई पम्म सुधारका लागि आग्रह गरे ।

कार्यक्रमा निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले रुस-युक्रेन युद्धका कारण बढेको मूल्यकाे चपेटामा निगम परेकाे बताए । उनले स्वचालित मूल्य प्रणालीमा इन्धनकाे मूल्य ताेक्न सबैकाे साथ र सहयोग आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?