
२० माघ, काठमाडौं । बंगलादेशमा आज शुक्रबारदेखि सुरु साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।
ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो ।
खेफमा पहिलो आधा घण्टामै तीन गोल भएको थियो । खेलको तेसो मिनेटमै अकलिमा खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।
कप्तान शामसुननाहरले १३ मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । दुई गोलले पछि परेको नेपालले पहिलो हाफमै खेलमा फर्कने प्रयास गर्यो । २४ औं मिनेटमा मनमाया दमाईले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्याइन ।
त्यसपछि नेपाल बराबरी गोल फर्काउने प्रयासमा रहे पनि सफल हुन सकेन । बंगलादेशले एन्जुरी टाईममन तेस्रो गोल गर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4