+
+

तीन दिनदेखि अनशन बसेका दुई जना मिटर रिडर्स अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते २०:३१

२ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणविरुद्ध ‘मिटर रिडर्स’ तीनदिनदेखि आन्दोलनमा छन् । गोटा गन्ती मिटर रिडर संघर्ष समितिको आयोजनामा विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा मिटर रिडर्स धर्ना तथा अनशन गर्दै आइरहेका छन् ।

धर्नासँगै तीनदिनदेखि आमरण अनशन बसेका रामनाथ महतो र गणेश यादवको स्वास्थ्य अवस्था खराब भएपछि मंगलबार वीर अस्पताल भर्ना गरिएको मिटर रिडर्स संघर्ष समितिका केन्द्रीय सचिव उज्ज्वल झाले जानकारी दिए ।

प्राधिकरणले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै ६२२ जना ‘मिटर रिडर्स’ ११ सुत्रीय मागसहित आन्दोलनमा छन् ।

गोटा पद्धति खारेजी गरी तत्काल ज्यालादारीमा काम लगाउनु पर्ने, गोटा नियुक्ति र बर्खास्त प्रकृया बन्द गर्नु पर्ने, गोटाबाट ज्यालादारी व्यवस्थापन गर्दा आजीवन बर्खास्त नगर्ने ग्यारेन्टी हुनुपर्ने, तहगत व्यस्थापन गराउनु पर्ने, सार्वजनिक विदा वाहेक एक वर्षमा १२ दिनसम्म भइ परि आउने बिदा र ६० दिन सुत्केरी बिदा दिनु पर्ने, बढी अतिरिक्त समय काममा लगाए अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, प्राधिरकरणको कामको सिलसिलामा दुर्घटनामा परेमा उपचार गराएवापत वास्तविक उपचार खर्चको व्यवस्था हुनुपर्ने, मिटर रिडर गोटा गन्ती संघर्ष समिति सँग भएको सहमतिलाई कार्यान्वयन हुनु पर्नेसहितका माग उनीहरुको छ ।

यसअघि भदौमा उनीहरु आन्दोलन गरेका थिए । त्यस बेला प्राधिकरण नेतृत्व र रिडरहरुबीच २ बुँदे सम्झौता भएको थियो । सम्झौतामा ६२३ जना गोटा गन्तीमा आधारित मिटर रिडर्सलाईसमेत मासिक ज्यालादारी बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको थियो । तर पाँच महिना बित्दा समेत कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलनमा बाध्य भएर उत्रिनु परेको सचिव झाले बताए ।

हाल प्राधिकरणमा विद्युत्को मिटर रिड गर्ने कर्मचारीको ४ वटा वरीयता छ । प्राधिकरणले ठेकेदार कम्पनीमार्फत, करारमा, मासिक ज्यालादारी र गोटा गन्तीमा आधारित मिटर रिडर्स राखेको छ । मासिक ज्यालादारीमा मिटर रिड गर्ने २ हजार ८०० हाराहारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?