+
+

गुल्मीमा २९ करोड बढीको सुन्तला उत्पादन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १६:१७

४ फागुन, गुल्मी । गुल्मीमा यो बर्ष २९ करोड ३७ लाख रुपैयाँको सुन्तला उत्पादन भएको छ । जिल्लाको ५८८ हेक्टरमा सुन्तला खेती गरिएकामा ६ हजार ८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

उक्त सुन्तला सरदर ४२ रुपैयाँमा बिक्री गर्दा २९ करोड ३७ लाख रुपैयाँ जिल्लामा आम्दानी हुने ज्ञान केन्द्रको भनाइ छ । जिल्लामा गत बर्षभन्दा १६.८९ प्रतिशत उत्पादनमा वृद्धि भएको हो । ५ हजार ९३६ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाबाट उत्पादित सुन्तला बुटवल, पोखरा, काठमाडौं लगायतका ठाउँमा बिक्री हुने गरेको छ ।

धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, हाडहाडे, रजस्थल, वस्तु, छत्रकोट गाउँपालिकाको लुम्छा, काउले, श्रृङ्गा, रुक्से, हुँगा, पल्लिकोट, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, बालकाटे, भुवनपानी, गुरुङगाउँ, अर्खले सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ ।

त्यस्तै रुरु गाउँपालिकाको मुसिडाँडा र चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकोट गुल्मी दरवार गापाको गौंडाकोट, भट्टेचौर, जुभुङ, कालीगण्डकी गाउँपालिकाको अर्बेनीको देउराली, छापचौर र जयखानी, चन्द्रकोट गाउँपालिकाको रेमी र हरेवा, मदाने गाउँपालिकाको भनभने पनि पकेट क्षेत्र मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?