+
+

सोमबार सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १४:१५

१५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । ८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि र ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ जारी गर्न लागेको हो ।

नेपाल सरकारको बजेटको लक्ष्य अनुसार आन्तरिक ऋण परिचालन गर्न राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । यस्तै २८ दिन अवधिको ५ अर्ब रुपैयाँको र ९१ दिन अवधिको ३ अर्ब १३ करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

८ फागुनमा भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ७.२५५५ प्रतिशत कायम भएको थियो । यस्तै ९१ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ९.५७१६ प्रतिशत कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?