+

के गर्ने ? जब कपाल फुल्न थाल्छ

२०७९ फागुन  १६ गते १६:३५ २०७९ फागुन १६ गते १६:३५
के गर्ने ? जब कपाल फुल्न थाल्छ

पहिले पहिले बुढ्यौलीको संकेत मानिन्थ्यो, कपाल फुल्नुलाई । उमेर ढल्किंदै जाँदा स्वभाविक रुपमा मान्छेको कपालको रंग पनि बदलिंदै जान्थ्यो । तर अहिले तन्नेरीहरु कपाल फुलेर कालो रंग लगाउने वा टोपीले छोप्ने ? विकल्पका खोजीमा छन् । बुढ्यौलीको के कुरा किशोरवयमै कपाल फुल्न थालेको छ ।

बुढ्यौलीमा कपाल फुल्नु सामान्य भएपनि कलिलो उमेरमा यस्तो देखिनु सामान्य होइन । यसले गम्भीर असर त गर्दैन तर अरु केही समस्या छ कि भन्ने कुराको संकेत गर्छ । साथै उनीहरुको मनोविज्ञानमा पनि असर गर्छ ।

यसरी कपाल फुल्ने क्रमलाई रोक्न सकिन्छ ? अझ महत्वपूर्ण प्रश्न कपाल के कारणले फुल्छ ? कपाललाई अहिले रोक्न केही विधि अपनाउन सकिन्छ । त्यस्ता विधि अपनाएर केही हदसम्म कपाल फुल्ने क्रमलाई रोक्न वा नियन्त्रण गर्न सकिन्छ । खासगरी कपालमा प्रयोग गर्ने लोसन पाइन्छन्, जुन सौन्दर्यविद्को सल्लाहमा प्रयोग गर्नुपर्ने हुन्छ ।

यद्यपि सेतो भइसकेको कपाललाई प्राकृतिक रुपमा कालो बनाउने कुनै उपाय अहिलेसम्म उपलब्ध छैन । सेतो कपाललाई रसायनिक रुपले कालो बनाएपनि त्यो दीर्घकालीन हुँदैन । त्यस्तै यस्ता रसायनले एलर्जीलगायत समस्या पनि हुनसक्छ । यदि कपाललाई कृत्रिम रुपले कालो नै बनाउने हो भने अर्गानिक मेहेन्दी लगाउन उपयुक्त हुन्छ ।

किन फुल्छ कपाल ?

कपाल फुल्नुमा एउटा मात्र कारण छैन । यसमा पोषक तत्वको अभावदेखि वंशाणुगत कारण हुनसक्छ । यदि बुवाआमा वा आफ्नो वंशको कपाल फुल्ने समस्या छ भने त्यो अरु सन्ततिमा पनि सर्न सक्छ । त्यसबाहेक शरीरमा कतिपय पोषक तत्व अभाव भएमा कपाल फुल्छ । जस्तो भिटामिन बी-६, बी-१२, बायोटिन, भिटामिन डी वा भिटामिन ई, खनिज र प्रोटिनको कमीले कपालमा प्रभाव पार्न सक्छ ।

यसैगरी कपाल फुल्नुमा अहिले मुख्य कारण बनेको छ, तनाव । मान्छे जति तनावग्रस्त हुन्छ कपाल फुल्ने जोखिम पनि बढ्छ । अर्को चाहिं कपालमा अहिले विभिन्न किसिमको रसायन लगाउने प्रवृत्ति पनि व्यापक छ । त्यसको साइड इफेक्टले कपाल फुल्न सक्छ ।

थाइराइड, हर्मोनको गडबडीजस्ता समस्याले समेत कपाल फुल्न सक्छ ।

अब के गर्ने त ?

जीवनशैली, खानपानमा विशेष ख्याल गर्नु जरुरी छ । खासगरी एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खानुपर्छ । ब्रोकाउली, गोलभेंडा, एभोकार्डो, ओखर, ग्रीन टीजस्ता खानेकुरामा एन्टिअक्सिडेन्ट भरपुर पाइन्छन् । यसैगरी फलफूल, भिटामिनयुक्त खानेकुरा खानुपर्छ । सम्भव भएसम्म तनाव व्यवस्थापन गर्नुपर्छ ।

(प्रा. डा. भट्टराई छाला तथा यौनरोग विशेषज्ञ हुन् ।)

कपाल प्रा. डा. सविना भट्टराई सौन्दर्य
लेखक
प्रा. डा. सविना भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’