+
+

जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेयर्स’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १४:४३

काठमाडौं । लेखक जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको छ । अष्ट्रेलियामा बसोबास गर्दै आएकी मानन्धरद्वारा लिखित उपन्यासको मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

उपन्यासको उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाईं, कवि उषा शेरचन, प्रदेशसभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रुपमा विमोचन गरे ।

अमेजनले प्रकाशन गरेको अंग्रेजी भाषाको उक्त उपन्यासको सार्वजनिक समारोह नेप्लीज फेसन होमले आयोजना गरेको थियो ।

‘लस्ट लेटर्स’ मा समावेश गरिएको कथालाई विभिन्न कालखण्डमा सेट गरिएको छ । अहिलेको आधुनिक संसारदेखि हिप्पी युगसम्मका कथा यसमा समावेश छन् । ‘लस्ट लेटर्स’ भाग्यले बाँधिएका तथा दूरीबाट प्रभावित भएका चार फरक व्यक्तिको प्रेम कथा भएको लेखक मानन्धरले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?