१९ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । डबल राउण्ड रोविन प्रणालीमा चार महिनासम्म चल्ने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
लिगको पहिलो खेल ए डिभिजन लिगको नवप्रवेशी खुमलटार एफसी र फ्रेण्ड्स क्लबबीच हुँदैछ । दशरथ रंगशालामा साँझ साढे पाँच बजेदेखि सुरु हुने खेलका लागि विद्यार्थीलाई प्रवेश निशुल्क गरिएको लिगको टिकेटिङ साझेदार एमडीएसीले जनाएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले उद्घाटन गर्ने लिग खेलमा स्कुल र कलेजका विद्यार्थीले परिचयपत्र देखाएर उद्घाटन खेल हेर्न पाउने एमडीएसीका सीईओ अर्जुन घिमिरेले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
विद्यार्थीबाहेक अन्यका लागि भने साधारण प्यारापिटतर्फ १ सय र भीआईपी प्यारापिटतर्फ ३ सय टिकटमूल्य निर्धारण गरिएको छ ।
प्रतिक्रिया 4