+

खानेकुराबाहेक पनि सप्लिमेन्ट खानैपर्छ ?

२०७९ फागुन  २४ गते १७:१८ २०७९ फागुन २४ गते १७:१८
खानेकुराबाहेक पनि सप्लिमेन्ट खानैपर्छ ?

स्वस्थ रहन शरीरमा पर्याप्त मात्रामा पोषक तत्व आवश्यक हुन्छ । भिटामिन, मिनरल्सलगायत आवश्यक सबै पोषक तत्व स्वस्थकर खानपानबाट प्राप्त गर्न सकिन्छ । यदि खानाको माध्यमबाट शरीरलाई आवश्यक पर्ने पोषक तत्वको परिपूर्ति भएन भने सप्लिमेन्टको सेवन गरेर पूरा गर्नुपर्ने हुन्छ ।

के हो सप्लिमेन्ट ?

हाम्रो शरीरमा खानाबाट प्रकृतिक रुपमा प्राप्त हुने भिटामिन, मिनरल्सजस्ता पोषक तत्वलाई औषधिको माध्यमबाट दिइन्छ भने त्यसलाई सप्लिमेन्ट भनिन्छ । सप्लिमेन्ट ट्याब्लेट, क्याप्सुल, पाउडर, पेय लगायत रुपमा प्राप्त हुन्छ । पौष्टिक असन्तुलन वा विशेष पोषक तत्वको अभाव हुँदा सप्लिमेन्टको आवश्यकता पर्छ ।

पोषक तत्व नपुग्दा  खानुपर्ने सप्लिमेन्ट

भिटामिन डी र बी १२, क्याल्सियम, आइरन, खनिज, मल्टिभिटामिन, मल्टिमिनरल, कार्बोहाइड्रेट, प्रोटिन, हार्मोन एक्टिभेटर, प्रोबायोटिक्स लगायत पोषक तत्व नपुग्दा सप्लिमेन्ट खानुपर्छ ।

भिटामिन र खनिजको कमीबाट पीडित बिरामी, गर्भवती महिला र रजोनीवृत्तिपछि महिलामा पोषक तत्वको कमी हुन सक्छ । शरीरमा यस्ता पौष्टिक तत्व कम हुने व्यक्तिले सप्लिमेन्ट खाएर आवश्यक पर्ने पोषक तत्व प्राप्त गर्न सक्छन् ।

चिकित्सकलाई सोध्नुपर्छ ?

सप्लिमेन्ट खानुअघि चिकित्सकको परामर्श लिनु जरुरी छ । कुनै पनि प्रकारको सप्लिमेन्ट आफूखुसी किनेर खानु हुँदैन । आफूखुसी किनेर खाँदा शरीरलाई आवश्यकताभन्दा बढी भएर विभिन्न अंगमा जम्मा भएर बस्छ ।

सप्लिमेन्ट ब्रान्ड भन्दा पनि सरकारबाट उत्पादक कम्पनी मान्यताप्राप्त हो कि होइन भन्ने कुरा ख्याल गर्नुपर्छ । अहिले बजारमा सप्लिमेन्ट बिक्री गरिरहेका धेरै कम्पनीले सरकारबाट अनुमति नलिएको पनि पाइएको छ । त्यसैले सप्लिमेन्ट खरिदमा कम्पनीप्रति चनाखो हुनुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

डाक्टरको सल्लाह बिना त कुनै पनि सप्लिमेन्ट सेवन नगर्नु नै उचित हुन्छ । मानौं, हामीलाई भिटामिन सीको कमी भएको छ । कमी भएको भिटामिन सीलाई सुन्तला, अंगुर र कागली जस्ता फलको सेवनबाट पूरा गर्न सकिन्छ ।

खानाले कमी भएको पोषक तत्वलाई पूरा गर्न नसकेको खण्डमा पनि डाक्टरको सल्लाह लिएर मात्र सप्लिमेन्ट किन्नु उचित हुन्छ । डाक्टरले सिफारिस गरेको भन्दा बाहेकको सप्लिमेन्ट किनेर खानु हुँदैन ।

सधैंभरि खानुपर्छ कि कुनै निश्चित अवधिसम्म ?

एक स्वस्थ्य व्यक्तिले सप्लिमेन्ट खाइराख्नु पर्दैन । बिरामी भएर लामो समय थलिएका व्यक्ति वा खानामा पोषक तत्वको कमी भएका व्यक्तिलाई सप्लिमेन्ट दिइन्छ । यस्ता सप्लिमेन्ट सधैंभरि खानुपर्दैन, निश्चित अवधिसम्म मात्र खाए हुन्छ ।

चिकित्सकले निश्चित अवधिको लागि दिएको सप्लिमेन्ट आफूलाई फाइदा पुर्‍याइरहेको छ भनेर सधैंभरि खानुहुँदैन ।

कुनै साइड इफेक्ट हुन्छ ?

धेरैजसोले डाक्टरको सल्लाह बिना नै भिटामिन सप्लिमेन्ट लिन थाल्छन् । भिटामिन शरीरको लागि आवश्यक हुन्छ तर एक निश्चित मात्रामा प्रदान गर्नुहुन्छ । जब शरीरमा निश्चित भिटामिनको आवश्यक मात्रा बढ्छ, यो शरीरबाट उत्सर्जित हुन्छ वा विषाक्तता निम्त्याउँछ ।

जस्तो, कसैले क्याल्सियम सप्लिमेन्टको अत्यधिक सेवन वा आफूखुसी सेवन गर्दा शरीरमा क्याल्सियमको मात्रा बढी भएर शरीरको सामान्य तन्तुमा क्याल्सियम जम्मा हुन्छ । जसकारण मुटुको चालमा समस्या हुने र कलेजोमा क्याल्सियम बढी जम्मा हुने जस्ता समस्या देखिन सक्छ ।

(डा. पन्त फेमिली हेल्थ तथा इमर्जेन्सी फिजिसियन हुन् ।)

खानेकुरा डा. रमेश पन्त सप्लिमेन्ट
लेखक
डा. रमेश पन्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय