+

चर्च ब्वाइजको लगातार तेस्रो जित

२०७९ फागुन  २६ गते १९:४४ २०७९ फागुन २६ गते १९:४४
चर्च ब्वाइजको लगातार तेस्रो जित

२६ फागुन,  काठमाडौं । चर्च ब्वाइज युनाईटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।

लिग अन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १-० ले हरायो ।

चर्च ब्वाइजका लागि आशिष चौधरीले गोल गरे । आशिषले खेलको २० औं मिनेटमा गरेको गोल नै चर्च ब्वाइजलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

आशिषले पुलिस विरुद्ध पहिलो खेलमा पनि एक गोल गरेका थिए । लगातार तेस्रो जितपछि ९ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

हिमालयन शेर्पाको यो पहिलो हार हो । पहिलो खेलमा मनाङसँग बराबरी खेलेको हिमालयनले दोस्रो खेलमा नेपाल पुलिसलाई पराजित गरेको थियो ।

चर्च ब्वाइज युनाइटेड शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय