+

फुटबलका नयाँ प्रशिक्षकसँग एक वर्षको सम्झौता

२०७९ फागुन  २९ गते ७:२० २०७९ फागुन २९ गते ७:२०
फुटबलका नयाँ प्रशिक्षकसँग एक वर्षको सम्झौता

२९ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय पुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसीसँग एक वर्षको सम्झौता गरेको छ ।

यसअघि नै मुख्य प्रशिक्षक नियुक्त भइसकेका इटालियन नागरिक एनेसी हाल नेपालमै छन् । उनीसँग आइतबार एक वर्षको लागि सम्झौता गरिएको एन्फाले जनाएको छ । एनेसीले एक वर्षको सम्झौतामा हस्ताक्षर गरेको एन्फाले जनाएको छ ।

अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि खाली रहेको स्थान अब एनेसीले लिनेछन् । यसबीचमा बंगलादेश र पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा एन्फाले प्रदीप हुमागाईं र प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

नेपालका प्रशिक्षकसँग प्रो लाइसेन्स नभएकोले एन्फाले विदेशकै प्रशिक्षक भित्र्याएको हो । ३८ वर्षीय एनेसीसँग यूईएफए प्रो लाइसेन्स छ ।

उनको पहिलो काम चैतमा भुटान र लाओससहितको प्रधानमन्त्री कप थ्री नेसन्स कप हुनेछ ।

आउने एक वर्षमा नेपालले साफ च्याम्पियनसिप देखि एएफसी एसियन कप र फिफा विश्वकपको पहिलो चरणको छनोट खेल्नेछ ।

एन्फा नेपाली फुटबल फुटबल प्रशिक्षक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय