३० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनिष डाँगीले पेनाल्टीमा गोल गर्न नसक्दा संकटा क्लब ३ अंक बटुल्नबाट चुकेको छ ।
सोमबार एन्फा कम्प्लेक्समा भएको चर्च ब्वाइज युनाइटेडसँगको खेलको दोस्रो हाफको इन्जुरी समयमा संकटाले पेनाल्टी पाएको थियो ।
गोलरहित बराबरीमा चलिरहेको खेलमा पाएको पेनाल्टीमा मनिषले गोल गर्न सकेनन् ।
मनिषको प्रहार रोक्दै चर्च ब्वाइजका गोलरक्षक प्रिसोले टिमका लागि १ अंक जोगाए ।
अहिलेसम्म पराजित रहेको चर्च ब्वाइजले लिगमा यसअघि नेपाल पुलिस क्लब, हिमालयन शेर्पा र एफसी खुमलटारलाई हराएको थियो ।
प्रतिक्रिया 4