+
+

अब प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १९:१६

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरतामा गएको बताएका छन् । अब प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्ने अवस्था बन्ने उनले सुनाए ।

उपराष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार एमालेले आफ्ना सांसदहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा ओलीले चुनावी परिणामसँगै आफूहरुले देश अस्थिरतामा गएको निष्कर्ष निकालेको बताए ।

अहिले प्रधानमन्त्रीमा सरकार विस्तार गर्दाको असन्तुष्टिले खाइदेला कि भन्ने डर रहेको उनले बताए । तर भोलि कुनै एउटा पार्टीले समर्थन फिर्ता लिनासाथ विश्वासको मत लिनुपर्ने भन्दै ओलीले भने, ‘विश्वासको मत त लिएको लियै गर्नुपर्छ । विश्वासको मत नलिने हो भने जसले लाभ लिएको छ, त्यसले साना पार्टीहरुको चाकडी गरिरहनुपर्छ ।’

अहिले सरकारसँग बहुमत भएकाले विश्वासको मत लिनुपर्दैन भनेर गलत व्याख्या गर्न खोजिएको उनले बताए ।

‘संविधानको धारा ७६(२) को एउटा पार्टीको बहुमतको सरकारमा अरु सामेल भएको जस्तो होइन’, उनले भने, आफैंसँग बहुमत छैन र, कसैले फिर्ता लियो भने अरुको विश्वास छ कि छैन भनेर विश्वासको मत लिनुपर्छ ।’

अर्को निर्वाचन नहुँदासम्म देश अस्थिरतामा रहने भन्दै एमाले अध्यक्ष ओलीले प्रदेशहरुमा पनि संकट आउनसक्ने बताए । उनले भने, ‘त्यसको सामना गरौंला, तर टाढासम्म हेरेर आफ्नो रणनीतिहरु बनाउने काम गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?