+

मसाज थेरापी के हो ? किन र कसरी गरिन्छ ?

२०७९ चैत  ४ गते १०:०५ २०७९ चैत ४ गते १०:०५
मसाज थेरापी के हो ? किन र कसरी गरिन्छ ?

मसाज एक प्राकृतिक चिकित्सा विधि हो । सबै उमेर समूहका लागि उपयुक्त मसाजले विभिन्न स्वास्थ्यलाभ दिन्छ । शिशु र सुत्केरी महिलालाई मसाज गर्ने हाम्रो आम प्रचलन नै हो ।

मसाज मुख्यतया तीन प्रकारको हुन्छ । स्युडिस मसाज, डिप टिस्यु मसाज, अरोमा थेरापी मसाज । यीमध्ये नेपालमा तेल मसाज निकै प्रचलित छ ।

दुखाइ कम गर्न मसाज

स्वीडिस मसाज सबैभन्दा लोकप्रिय र सामान्य प्रकारको मसाज हो । यसमा स्ट्रोक, ट्यापिङ, निडिङ जस्ता धेरै विधि प्रयोग गरिन्छ । यो मसाज मुख्यतः दुखाइ कम गर्न प्रयोग गरिन्छ । यो ढाडको दुखाइ, मांसपेशी जगडिएको, घडा दुखाइ र अर्थराइटिस जस्ता रोगको लागि प्रयोग गरिन्छ ।

मसाजले मान्छेको हाड तथा मांसपेशीलाई बलियो बनाउँछ । शरीर दुखाइ र थकानमा पनि यो निकै लाभदायक हुन्छ । मसाजले मान्छेको वृद्धि विकासमा योगदान पुग्ने, पाचन शक्ति बढ्ने र मज्जाले निद्रा लाग्ने पनि हुन्छ ।

शरीरलाई फूर्तिलो, बलियो र तन्दुरुस्त राख्न मालिस वा मसाज निकै उपयोगी हुन्छ । मसाजको प्रयोग आनन्दका लागि पनि गरिन्छ । मसाजले डिप्रेसन, मानसिक तनाव, अनिद्रा, चिन्ता र माइग्रेन जस्ता समस्याबाट मुक्ति दिन्छ ।

मसाज कसरी गर्ने ?

बच्चालाई तथा वृद्धवृद्धालाई तेल मसाज त हरेक घरमा गरिन्छ । त्यसले पनि विभिन्न स्वास्थ्यलाभ दिइरहेको हुन्छ । तर मसाज गर्ने सही तरिका भने केही विशेषज्ञलाई थाहा हुन्छ ।

त्यसैले विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पाउन त विशेषज्ञसँग नै मसाज गर्नुपर्छ । तर सजिलै सबैले मसाज गर्न सक्ने एउटा तरिका छ । राति सुत्ने बेला खुट्टाको पैतालामा तेल लगाएर ५ देखि १० मिनेटसम्म बिस्तारै रगडेर मसाज गर्नुपर्छ । यसले पूरै शरीर स्फूर्त हुन्छ । दिनभरिको थकान हराउँछ ।

तर ज्वरो आउँदा, शरीरमा एलर्जी हुँदा, कतै ठोक्किएको बेला, धेरै टाउको दुखेको अवस्थामा र दुर्घटना भएर घाउचोट लागेको अवस्थामा र सुन्निएको अवस्थामा मसाज नगर्नु नै राम्रो हो ।

दिनदिनै मसाज गर्नु राम्रो

घरमै बालबालिका तथा वृद्धवृद्धालाई दिनदिनै मसाज गर्दा राम्रो हुन्छ । कम्तीमा पनि हप्तामा दुई पटक तेल मसाज गर्दा लाभदायक हुन्छ । वयस्क व्यक्तिले पनि हप्तामा दुई पटक मसाज गर्दा थकान र शरीर दुखाइको समस्याबाट छुटकारा मिल्छ ।

कहिलेकाहीं मसाज गर्दा एउटा ठाउँमा बढी दबाब परेर अर्को ठाउँमा दुखाइ सुरु हुन सक्छ । मसाज गरेर घाँटी पड्काउँदा कहिलेकाहीं नसा च्यापिने, बाउँडिने पनि हुन सक्छ । त्यसैले मसाज गर्दा सतर्कता पनि अपनाउनुपर्छ ।

(बमजन मसाज थेरापिस्ट हुन् ।)

तेल मसाज
लेखक
सुमन बमजन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय