+
+

विश्लेषणका लागि किनेको १० कित्ता सेयरबाट लाखौंको सम्पत्ति बन्यो : गभर्नर अधिकारी 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १७:०८

६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन र विश्लेषणका लागि किनेको १० कित्ता सेयर अहिले लाखौं पुगेको बताएका छन् ।

सोमबार ‘ग्लोबल मनी विक–२०२३’ को समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले दुई वर्षमा आउेन वार्षिक प्रतिवेदनका अध्ययनलाई पछ्याउन किनेको १० कित्ता सेयर अहिले लाखौं भाएको बताएका हुन् ।

‘एउटा सूचीकृत कम्पनीको बारेमा जानकारी लिनुपर्‍यो भने दुई वर्षपछि बल्लबल्ब वार्षिक प्रतिवेदन आउँथ्यो । त्यो पनि कति परदर्शी हुथ्यो कि हुँदैन थियो,’ गभर्नर अधिकारीले भने, ‘त्यसलाई विश्लेषण गर्नका लागि भएपनि १० कित्ता सेयर किनेर त्यो वार्षिक वित्तीय विवरणलाई पछ्याउने गरेको थिए । ५०/५२ सालमा वित्तीय विवरण विश्लेषणका लागि किनेको १० कित्ता सेयरबाट अहिले लाखौंको सम्पत्ति भएको छ । यसरी पूँजीकरण भएको छ ।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष पनि मञ्चमा रहेको कार्यक्रममा बोर्ड अध्यक्ष रमेशकुमार हमाललाई सम्बोधन गर्दै उनले २०५०/०५२ सालमा वित्तीय विश्लेषणका लागि किनेको १० कित्ता सेयर लाखौ पुगेको बताएका हुन् ।

उनले कार्यक्रममा नेपालमा निक्षेपमा उच्च ब्याजदर भएपनि बचत न्यून भएको बताए । उनले अहिले फोर्सफूल रुपमा बचत गर्‍यो भने पनि त्यससले ८-१० वर्षमा डबल हुने अवस्था रहेको गभर्नर अधिकारीको भनाइ छ । तर, पनि नेपालमा बचत भन्दा पनि उपाभोग केन्द्रित रहेको र जसले कुल राष्ट्रिय बचत समेत न्यून रहेको गभर्नर अधिकारीले बताए ।

‘नेपालमा निक्षेपको ब्याजदर राम्रो छ । फोर्सफूल गरेको बचत ५ देखि ८-१० वर्षमा दोब्बर हुने ब्याजदर छ,’ गभर्नर अधिकारीले भने, ‘बचत अत्यन्तै जरुरी छ । बचत गरेनौ भने पनि उक्त रकम त्यतिकै खर्च भएर जान्छ । नेपाल समग्रमा कम बचत गर्ने मुलुकमा परेको छ । हामीले बढी उपाभोग गरिरहका छौं । कुल राष्ट्रिय बचतको अनुपात न्यून छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?