+
+

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १०:३४

८ चैत, दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि मतदान जारी छ ।

बुधबार बिहान ८ बजेदेखि सुरु मतदान शान्तिपूर्ण ढंगले चलिरहेको छ । मतदान अपराह्न ४ बजेसम्म चल्ने निर्वाचन अधिकृत कुलबीर चौधरीले जानकारी दिए ।

क्याम्पसमा ५ हजार ९ सय ४० मतदाता छन् । निर्वाचनका लागि क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसअघि अखिल (क्रान्तिकारी) विप्लवले क्याम्पसमा तालाबन्दी गरेपछि ५ चैतमा हुने भनिएको निर्वाचन स्थगित भएको थियो । क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए ।

निर्वाचनमा एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र जनमोर्चा निकट अखिल छैटौंले चुनावी तालमेल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?