
९ चैत,बुटवल । मनाङ मर्स्याङदी क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा फ्रेन्डस क्लबलाई ट्राइ ब्रेकरमा पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो ।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा टुंगिएको खेलको ट्राइब्रेकरमा फ्रेन्डस क्लबका असिम भुसाल र डोना थापाले बललाई जाली चुमाउन नसक्दा मनाङको जित सुनिश्चित भएको हो ।
असिमको प्रहार गोलपोस्टको माथिल्लो भागमा ठोक्किएर बाहिरिएको थियो भने डोनाको प्रहारलाई विपक्षी किपरले फर्काएर असफल बनाइदिए ।
पहिलो हाफमा फ्रेन्डसले २ -१ गोल अन्तरले अग्रता लिए पनि दोस्रो हाफको चौथो मिनेटमै मनाङले बराबरी गोल फर्काएपछि फ्रेन्डस रक्षात्मक बनेको थियो ।
खेलमा मनाङका क्याप्टेन आशिष गुरुङ म्यान अब द म्याच घोषित भए । मनाङले गोल्डकपको उपाधिका लागि सुदूरपश्चिम ११ सँग चैत ११ गते प्रतिस्पर्धा गर्ने छ ।
दुई विभागीयसहित ८ टिमले प्रतिस्पर्धा गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4