+
+

कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते ११:१६
आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बु ।

११ चैत, काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ ।

यही चैत ५ गते विराटनगरमा नामाकरणको विषयमा भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट ४२ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?