+
+

न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १८:१९

१२ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर भएपछि मात्र सरकारले पूर्णता पाउने बताएका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नयाँ बनेको गठबन्धनका दलहरुका बीचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताए ।

‘आज बल्ल हामी अहिलेको सरकारको जुन नीतिगत प्रतिवद्धता हो, साझा नीति र कार्यक्रम अगाडि सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ । छलफल भएर टुंगो लाग्ला । त्यो कागजमा हस्ताक्षर होला । त्यही वैचारिक मान्यता, त्यही नीतिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताए । उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको धारणा राखे ।

‘मेरो मुखबाट त कहिलेपनि गृह पनि निस्किएको छैन । अर्थ पनि निस्किएको छैन । …मैले के भनेको छु भने अर्थ मन्त्रालय यस्तो व्यक्तिलाई दिनुस्, जसले देशको अर्थतन्त्रका समस्याहरुलाई राम्ररी बुझ्न सकेको छ, समस्याको कारणहरु पत्ता लगाउन सक्दछ र समाधान दिन सक्दछ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?