+
+

माल्भिका सुब्बाको अनुभव : सिंगल मदर भएर बच्चा हुर्काउनु चुनौतीपूर्ण 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १४:०८

काठमाडौं । गत साता नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा ‘आमा नायिका : जिम्मेवारी र करिअर’ विषयमा विमर्श भयो । अभिनेत्री प्रियंका कार्की, नृत्य निर्देशक रेनशा राई र पूर्वमिस नेपाल माल्भिका सुब्बाले उक्त सत्रमा भाग लिए । तीनै सेलिब्रिटीले आमा बनेपछिको अनुभव बाँडे ।

खासगरी माल्भिकाले आमा बनेपछिको मनोवैज्ञानिक अवस्थादेखि मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरिन् । ‘सिंगल मदर’को रुपमा छोरालाई हुर्काइरहेको बताउँदै माल्भिकाले सिंगल प्यारेन्ट हुनु चुनौतीपूर्ण हुने उल्लेख गरेकी छन् । उक्त संवादमा माल्भिकाले जीवनमा खराब अवस्थाबाट गुज्रिंदा आत्महत्याको सोच आएको समेत खुलासा गरेकी छन् ।

माल्भिकाले निफको उक्त सत्रमा भनेका वाक्यांशहरु :

हामी त्यस्तै काममा छौं जहाँ स्क्रिप्ट पढ्नुपर्छ र स्क्रिप्ट कण्ठ पार्नुपर्छ । माइण्ड एकदम सार्प राख्नुपर्छ । आफू अरु समकालीन साथीहरुभन्दा धेरै कडा मेहनत गर्नुपर्‍यो । लाइन र स्क्रिप्ट सम्झनलाई, टाइममा पुग्नलाई, सबै कुरालाई भ्याउनलाई, बच्चालाई पनि हेर्नलाई, राम्री पनि देखिनलाई, त्यसपछि अगाडि गएर मज्जाले बोल्नको लागि पनि, अरु बेलाको लागि पनि जब म सिंगल थिएँ र बच्चा पाएकी थिइनँ, त्यो अवस्थामा भन्दा दोब्बर मेहनत गर्नुपर्ने अवस्था भयो ।

पोस्ट पार्ट अफ डिप्रेसन त डाक्टरसँग परामर्श लिइनँ । मलाई त्यो थाहा त थिएन भने मेमोरी लस्टको लागि । मेरो छोरा ६ महिनाको हुँदा । यो एकदम संवेदनशील टपिक्स छ । म पहिले नै डिस्क्लेमर दिन चाहन्छु । म आत्महत्या गर्न चाहन्थें, म निकै खराब अवस्थाबाट गुज्रिएको थिएँ । राति ११ बजेको समय थियो होला, मलाई सुसाइडको फिलिङ्स आएपछि कोही एकजनालाई फोन गर्नुपर्ने रहेछ भन्ने फिल भयो । मेरो एकदम मिल्ने साथी थिइन् नीलु, जो दिवंगत भइसकेकी छन् ।

उनलाई मैले कल गरेको थिएँ, यस्तो फिलिङ्स आइरहेको छ, एकदम नेगेटिभ फिलिङ्स भयो भनेपछि उनले मलाई सायद त्यो बेलामा एक घण्टा सम्झाइन् होला । उनले मलाई के कुराको याद दिलाइन् भने तिम्रो छोराको लागि तिमी चाहिन्छ भन्ने कुरा । तिम्रो रोल एकदम महत्वपूर्ण छ भनेर भनिसकेपछि अन्ततः म शान्त भएँ । त्यसपछि म सुतें ।

निफमा ‘आमा नायिका : जिम्मेवारी र करिअर’ विषयक विमर्शमा सहभागी हुने क्रममा अभिनेत्री प्रियंका कार्की, नृत्य निर्देशक रेनशा राई लगायतसँग माल्भिका सुब्बा

भोलिपल्ट मैले आफ्नो जीवनको न्यारेटिभलाई बदल्ने निर्णय गरें । त्यसपछि मैले जीवनलाई नियन्त्रणमा लिएँ । त्यसपछि म थेरापीमा गएँ, घरबाट निस्किएँ । म यति वर्कहलिक मान्छे, चार महिना घरबाट निस्कन डर लाग्थ्यो । बच्चालाई दुई मिनेट पनि म छोड्दिन थिएँ । मेरो बच्चालाई कसैले दुई मिनेट समात्यो भनेपनि म रिसाउँथे, बाघजस्तै एकदमै ओभर प्रोटेक्टिभ । त्यस्तो भएको थिएँ म । निकै खराब चरणमा थिएँ ।

त्यो अनुभव अहिले सम्झँदा पनि पीडादायी लाग्छ । त्यसपछि थेरापीमा म जान थालें । त्यसपछि मानसिक स्वास्थ्य के हो ? थेरापीमा जान किन जरुरी छ भन्ने कुरा त्यहाँबाट आभास भयो । त्यहाँदेखि मैले मेन्टल हेल्थलाई एकदमै महत्व दिन थालें । कति टाइममा त म काममा गएँ, मैले मेरो बच्चालाई हेर्नै सक्दिन थिएँ के । मेरो बच्चासँग टाइम पनि बिताउन मन लाग्दैन थियो ।

फाइनल्ली मलाई ठीक भएपछि मेरो बच्चा मसँग आउन नमान्ने, बाजे बज्यैकोमा जाने, म कहाँ नआउने, मलाई एकदमै चित्त दुख्थ्यो । कसलाई धेरै माया गर्छौ भनेपछि पापा, मा, बा भन्थ्यो, आमा त चौथोमा पथ्र्यो । केही वर्षसम्म मैले यो भोग्नुपर्‍यो । त्यसपछि मैले आफ्नो जीवनको न्यारेटिभ आफैंले लिनुपर्छ भनेर ऊसँग समय बिताउन, घुमाउन, शारीरिक, मानसिक र इन्फोमेर्टिभ एक्टिभिटी बनाउन थालेपछि अवश्य पनि यतिबेला म उसको मनपर्ने भइसकें । त्यो चुनौतीपूर्ण हुने रहेछ ।

हामीले जति यहाँ बसेर ‘वर्किङ मम यु ह्याभ टु डु दिस’ भनेपनि सबैको कथा र भाष्य एउटै हुँदैन । सिंगल प्यारेन्ट, सिंगल मम भएर पनि होला, घरमा हुर्किरहेको छ मेरो छोरा । बच्चा हुर्काउनको लागि पनि चुनौतीपूर्ण छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?