+
+

कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १६:०३

१७ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । प्रदेश सभाको ९ नवौं बैठकमा बोल्दै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत मागेका हुन् ।

विश्वासको मत माग्दै मुख्यमन्त्री शर्माले कर्णालीको सामाजिक, आर्थिक सुचकाङ्कहरुको सुधार ल्याउनदेखि ‘समृद्धि कर्णाली’ बनाउनका लागि साझा पहल आवाश्यक रहेको बताए । शर्माले स्पष्टता र इमानदारीको राजनीति होस् भनेर पनि आफुले पुनः विश्वासको मत मागेको बताए ।

सुशासन र पारदर्शिताका सवालमा कुनै पनि सम्झौता नगर्ने बताउँदै मुख्यमन्त्री शर्माले प्रदेशमा भ्रष्ट्राचार न्यूनीकरण र सुशासनका सन्दर्भमा सरकार कटिबद्ध रहेको बताए । उनले प्रदेशको विकास र स्थर सरकारका लागि पनि आफूलाई विश्वासको मत दिनुपर्ने बताए ।

‘कर्णाली सम्भावनाले भरिएको छ, तरपनि हरेक दृष्टिकोणले पछि परेको छ । यो प्रदेशको विकास र परिवर्तनमा हामी सबै अग्रसर हुनुपर्छ’, उनले भने, ‘स्थिर सरकारका लागि पनि मलाई विश्वासको मत दिन आवश्यक छ ।’

मुख्यमन्त्री शर्माले रोजगार र पूर्वाधारका क्षेत्रमा सरकार अग्रसर भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?