+
+
Shares
कविता :

पुरानो घडी र नयाँ वर्ष

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०८० वैशाख ३ गते ११:४५


खण्ड खण्डमा छरिन्छ समय
सेकेण्ड, मिनेट र घण्टा हुँदै
घडीका सुईहरू फन्किरहन्छन्
दिन, महिना र वर्षहरूमा रूपान्तरित हुँदै ।


सधै सधै यहाँ
सबेरै सूर्य घडीभित्र पस्छ
र निस्कन्छ
दिउँस अनि रात पार्दै
एउटा घडीले सयौं सूर्य निल्छ
दिनसँगै, रातसँगै
र त यहाँ
एउटा अर्को वर्ष फेरिन्छ
फेरि नयाँ क्यालेन्डरसँगै ।


नाडीको पुरानो घडी झै यो
सूर्य नि त्यो
आकासको घडी हो
सुत्दैन जो
थाक्दैन यो
दिन ढाल्छ
महिना फाल्छ
वर्ष हाल्छ
घुमिघुमि एकनास ।


हेर्दा हेर्दै
समय यति भो भन्दा भन्दै
नयाँ वर्षको स्वागत गर्दा गर्दै
धेरै वर्षहरू बित्छ्न्
एक दिन
घडी बेरिएको नाडी नि पातलिंदै जान्छ
हड्डी कमजोर बन्छ
छाला चाउँरिदै जान्छ
रक्तसञ्चार कम हुँदै जानेछ तब नाडीमा
आँखाले सेकेण्ड सुई नदेख्ने हुनेछ
पछि मिनेट,
झन् पछि त
घण्टा सुई नि हराउनेछ आँखाबाट ।


समय बित्दै जान्छ
यति वर्ष भो र भएँ भन्दाभन्दैमा
दिन गन्दागन्दैमा
एक दिन यस्तो आउँछ
आँखाले भर पाउँदैन
घडी घुमेको हेर्न सक्दैन्
देख्न सक्दैन्
अरूलाई सोध्न पर्ने हुन्छ समय
कति बज्यो भनेर
कुन वर्ष गो भनेर
अनि
कुन वर्ष भो भनेर ।


घडीमा जो समय जान्छ
इतिहास मान्छ
पलहरू खान्छ
जोवन तान्छ
जीवन लान्छ
तर
घुमन्ते सुईहरू घुमिरहन्छ्न्
एकनास
सूर्य निल्दै
रात पार्दै
जून निल्दै
दिन पार्दै
वर्षहरू झार्दै
पुरानो गए जस्तो पार्दै
नयाँ आए जस्तो पार्दै
यसरी नै
यसैगरी नै ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?