+

घाँटी किन खसखस गर्छ ?

२०८० वैशाख  ६ गते १८:३९ २०८० वैशाख ६ गते १८:३९
घाँटी किन खसखस गर्छ ?

घाँटी खसखस गर्ने समस्या जोकोहीले भोगेकै हुन्छन् । बढ्दो प्रदूषण र मौसमी फेरबदलका कारण घाँटीमा खसखस गर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । वायु प्रदूषणका कारण धुलो हाम्रो शरीरभित्र प्रवेश गर्छ र त्यसलाई शरीरले ग्रहण गर्न नसक्दा एलर्जी हुन्छ । जसकारण घाँटी खसखस गर्न थाल्छ ।

एलर्जी हुँदा घाँटी खसखस गर्दै, चिलाए जस्तो हुने हुँदै लगातार खोकी समेत आउन सक्छ ।  जसले घाँटी, नाक र श्वासनलीको कोषलाई असर गर्छ । प्रदूषणले सीओपीडी, दम तथा मुटु भएकोमा स्वास्थ्य समस्या पनि ल्याउन सक्छ ।

यो समस्या आफैंमा रोग होइन

घाँटी खसखस गर्नु कुनै रोग भने होइन । तर धेरै रोगको सुरुवाती लक्षण भने हुन सक्छ । प्रदूषणले गराउने एलर्जी बाहेक घाँटी खसखस गर्ने विभिन्न कारण हुन्छन् । यो सामान्य स्वास्थ्य समस्यादेखि जटिल रोगको संकेत पनि हुन सक्छ ।

जाँडरक्सी, चुरोट, चिसो खानेकुरा र धेरै मात्रामा चिल्लो पिरो खाँदा पनि घाँटीमा खसखस हुन सक्छ । घाँटीको किलकिलेको पछाडिको भागमा सुन्निने र त्यसको वरिपरि टन्सिलाइटिस हुँदा पनि खसखस हुन्छ । क्रोनिक साइनोसाइटिस जसमा नाकमा पिनास हुने व्यक्तिमा नाकबाट तरल पदार्थ बग्दै घाँटीतर्फ आउने हुँदा पनि त्यसले घाँटीमा खसखस हुन सक्छ ।

पाचनप्रणालीमा समस्या हुँदा मुखमा अमिलो पानी आइरहने बिरामी, ग्यास्ट्रिकको समस्या हुनेलाई पनि घाँटी खसखस हुन्छ । कहिलेकाहीं कुनै शारीरिक समस्या नभएका तर मानसिक तनाव हुँदा पनि यस्तो समस्या हुन्छ ।

उच्च रक्तचापको औषधि लामो समयसम्म खाने व्यक्तिमा पनि घाँटी खसखस गर्न सक्छ । पिनास, खानानलीमा ट्युमर हुँदा, घाँटीमा क्यान्सर हुँदा घाँटी खसखस गर्छ ।

परीक्षण

घाँटी खसखस गर्ने एउटा मात्र कारण नहुने भएकाले लक्षण अनुसार परीक्षण गरेर मात्र रोगको एकिन गर्न सकिन्छ । खसखस हुनुको कारण थाहा पाउन इण्डोस्कोपी गरेर हेरिन्छ । कसैमा एलर्जी हुँदै पिनास हुन सक्छ, त्यसको पनि जाँच गरिन्छ । कतिपय अवस्थामा फङ्गस इन्फेक्सनको कारण पनि घाँटी खसखस गर्ने हुँदा त्यो पत्ता लगाउन सिटीस्क्यान गरेर हेर्ने गरिन्छ । परीक्षण गर्दा कुनै पनि कारण पत्ता नलागेको खण्डमा मनोपरार्शदातासँग परामर्श लिनुपर्छ ।

उपचार

कहिलेकाहीं घाँटी खसखस गरेको एक–दुई दिनमा आफैं ठीक हुन्छ, तर लामो समयसम्म घाँटी खसखस गरेर दुखिरहेको छ भने चिकित्सकलाई देखाएर उपचार गर्नुपर्छ ।

ग्यास्ट्रिकको कारणले घाँटी खसखस गरेको भए ग्यास्ट्रिककै उपचार आवश्यक हुन्छ । एलर्जीको कारणले हो भने त्यसैको उपचार गर्नुपर्ने हुन्छ । यसमा ध्यान दिनुपर्ने कुरा के हो भने क्षणिक रुपमा खाइने औषधिले शरीरमा रोग निम्त्याउने, रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले जथाभावी रुपमा औषधि किनेर खानु हुँदैन ।

सुरुवाती अवस्थामै यसको उपचार नगरेको खण्डमा दम, ब्रोङकाइटिस, निमोनिया, फोक्सोमा समस्या देखिन सक्छ ।

बच्ने उपाय

घाँटी खसखस गर्ने समस्याबाट बच्न वरपरको वातावरण र खानेकुरामा विशेष ख्याल राख्नुपर्छ । प्रदूषित ठाउँमा धेरै नबस्ने, बस्नुपर्ने अवस्थामा मास्कको प्रयोग गर्नुपर्छ । घाँटी खसखस गर्दा मनतातो पानीले कुल्ला गर्दा अलि कम हुन सक्छ ।

भाइरल संक्रमण भएका व्यक्तिको वरपर नजाने, धुम्रपान र मदिरा नगर्ने, चिल्लो, पिरो धेरै नखाने, फ्रिजमा राखिएको फलफूल वा जुस कम खाने गर्दा पनि यो समस्या कम हुँदै जान्छ ।

एलर्जी भइराख्ने बिरामी र अमिलो पानी घाँटीमा पुग्दा अमिलो डकार आउनेजस्ता कारणले पनि घाँटी खसखस हुन सक्छ । यसको लागि ग्यास्ट्रिकसम्बन्धी विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

(डा. केसी वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विभागका सिनियर कन्सलट्यान्ट सर्जन हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

घाँटी डा.अरुण केसी
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मनसुनसँगै नाइरोबी फ्लाईको सक्रियता बढेको हो ?  

मनसुनसँगै नाइरोबी फ्लाईको सक्रियता बढेको हो ?  

साउन-भदौमा कसरी अपनाउने स्वास्थ्य सजगता ?

साउन-भदौमा कसरी अपनाउने स्वास्थ्य सजगता ?

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

मिर्गौला प्रत्यारोपणको पर्खाइमा मनबहादुर : ‘अनि धित मरुन्जेल पानी खान मन छ’

मिर्गौला प्रत्यारोपणको पर्खाइमा मनबहादुर : ‘अनि धित मरुन्जेल पानी खान मन छ’

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

राति निद्रा नपरेर अफिसको काम प्रभावित भएको छ ? यस्ता छन् ५ उपाय

राति निद्रा नपरेर अफिसको काम प्रभावित भएको छ ? यस्ता छन् ५ उपाय