+
+

एक ठेकदारले ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाउँदै सरकार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते २०:११
फाइल तस्वीर

१२ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा अर्को संशोधनको गृहकार्य थालेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकले नियमावलीको बाह्रौं संशोधनले गरेका व्यवस्थामा संशोधन आवश्यक रहेको ठहर गरेको हो ।

१२ औं संशोधनले एउटा निर्माण व्यवसायीले अधिकतम ५ वटा ठेक्का मात्र लिन पाउने गरी सीमा तोकेको थियो । तर, कतिपय साना कार्यमा बोलपत्र पर्न छाडेको भन्दै सरकारले नियम परिवर्तन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अध्ययनको जिम्मेवारी दिएको छ ।

समिति बैठकले निर्माण व्यवसायीले ठेक्का लिन पाउने सीमा टेण्डर मूल्यको आधारमा गर्ने, संख्या सीमा बढाउने वा भौतिक संरचना (आयोजना) को किसिम बमोजिम संख्या सीमा तोक्ने लगायतका विकल्प हेर्न कार्यालयलाई निर्देशन दिएको छ ।

यस्तै खरिद नियमावलीमा राख्नुपर्ने न्य समसामयिक विषय समावेश गरेर नियम संशोधन गर्ने विषयमा २ महिनाभित्र प्रस्ताव गर्न समय तोेकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?