+
+

मिस नेपालका सुन्दरीले देखाए फिटनेस प्रतिस्पर्धामा व्यायाम कौशल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते ११:२७

काठमाडौं । मिस नेपाल-२०२३ का महत्वपूर्ण १२ सहविधामध्ये तेस्रो विधा मिस फिटनेसको प्रतिस्पर्धा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । २४ जना सेमिफाइनलिस्ट प्रतिस्पर्धीले फिटनेसको कौशलता प्रदर्शन गरे । जिम, लिफ्टअपसहित अन्य व्यायाममा सुन्दरीले प्रतिभा प्रस्तुत गरे ।

त्रिपुरेश्वरस्थित जस्मिन फिटनेस क्लबमा आयोजित यो प्रतिस्पर्धामा पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी र व्यायाम प्रशिक्षकहरु नेहा बानु र आशिष गुरुङ निर्णायकको भूमिकामा थिए । उक्त प्रतिस्पर्धाको सबटाइटल विजेता भने ग्राण्ड फिनालेमा घोषणा गर्ने तयारी छ ।

यसअघि पोखरामा दोस्रो सहविधा मिस ट्यालेन्ट राउण्ड सम्पन्न भइसकेको छ । पहिलो विधा मिस पपुलर च्वाइसमा भोटिङमार्फत प्रतिस्पर्धा भइरहेको छ । सबै ११ विधामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको मिस पपुलर च्वाइसमा बढी मत प्राप्त गर्नेले सिधै फाइनलमा प्रवेशको मौका पाउनेछन् । अहिले आफ्नो लागि भोट माग्ने होडमा सुन्दरीहरु लागिपरेका छन् ।

द हिडन ट्रेजरको आयोजनामा हुने मिस नेपालको २०२३ संस्करणका बाँकी सबटाइटल प्रतिस्पर्धाहरु पनि आयोजना गर्ने तयारी भइरहेको छ । निर्देशक प्रमोद कंसाकारले अन्य सबटाइटल प्रतिस्पर्धा सूचीमा रहेको बताए । आगामी जेठ १३ गते ललितपुरस्थित गोदावरीको सनराइट कन्भेन्सन सेन्टरमा फिनाले हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?