+
+

अब गुगलले आफैं लेखिदिनेछ इमेल, यस्तो छ तरिका

एजेन्सी एजेन्सी
२०८० जेठ १ गते १०:१७

गुगलले आफ्नो इमेल सर्भिस जिमेलका लागि एक नयाँ फिचरको घोषणा गरेको छ । Help me Write नामक उक्त फिचरले जिमेल प्रयोगकर्तालाई छिटो र सजिलोसँग इमेल लेख्न सहयोग गर्नेछ ।

गुगलको वार्षिक डेभलपर्स कन्फ्रेन्सका क्रममा सार्वजनिक गरेको उक्त नयाँ फिचरले प्रयोगकर्ताको इनपुटका आधारमा इमेल ड्राफ्ट सिर्जना गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दछ ।

उक्त फिचर प्रयोग गर्नका लागि जिमेलमा गएर इमेल टाइप गर्न सुरु गर्ने र त्यसपछि Help Me Write बटनमा क्लिक गर्नु पर्दछ । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सले इमेलको मस्यौदा सिर्जना गर्नेछ । त्यसलाई सम्पादन गरेर प्रयोगकर्ताले अन्तिम रुप दिन सक्दछन् ।

यो फिचर इमेलमा विभिन्न खालका काममा प्रयोग गर्न सकिन्छ, जस्तै तत्कालै धन्यवाद नोट पठाउने, मिटिंगको सेड्युल बनाउने तथा फलोअप गर्ने आदि ।

साथै यसले कुनै पनि जागिरका लागि दिइने निवेदन पठाउने तथा पैसा फिर्ता गर्ने अनुरोध लगायतका इमेलका नमूनाहरु सिर्जना गरिदिन्छ ।

यो फिचर अहिले पनि विकासकै चरणमा छ । यो फिचरले इमेल लेख्ने सन्दर्भमा प्रयोगकर्ताको समय बचाउने तथा मेहेनत कम गर्ने काम गर्नेछ ।

जिमेलमा यो फिचरको प्रभावकारी प्रयोग गर्नका लागि निम्न काम गर्नुपर्दछ :

· यसमा इनपुट दिँदा यथासम्भव विशिष्टीकृत हुनुहोस् । तपाईंले जतिधेरै जानकारी दिनुुहुन्छ उति नै उत्कृष्ट मस्यौदा तयार हुन्छ ।

· एआईले सिर्जना गरेका मस्यौदालाई राम्रोसँग सम्पादन गर्नुहोस् । यो आर्टिफिसियल इन्टेलिजेन्स फिचर अहिले विकासकै चरणमा रहेको हुँदा यसले सबै बेलामा पूर्ण इमेल सिर्जना नगर्न सक्दछ ।

· एआईलाई पृष्ठपोषण दिनुहोस् । तपाईंले जतिधेरै पृष्ठपोषण दिनुहुन्छ एआईले उति नै धेरै काम गर्दछ र उत्कृष्ट इमेल मस्यौदा गर्न सक्नेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?