+

कामले मात्र होइन रोगले पनि दुख्छ हात

२०८० जेठ  ८ गते १७:५० २०८० जेठ ८ गते १७:५०
Shares
कामले मात्र होइन रोगले पनि दुख्छ हात

जुनसुकै कामका लागि पनि हातको भूमिका महत्वपूर्ण हुन्छ । धेरै काम गर्ने भएकाले अन्य अंगको तुलनामा हातमा दुखाइ पनि बढी हुने गर्छ । लामो समय मोबाइल चलाउँदा, कम्प्युटरमा काम गर्दा होस् वा सवारीसाधन चलाउँदा, लुगा धुँदा, भान्साको काम गर्दा हात दुख्ने समस्या धेरै हुन्छ ।

विभिन्न रोग वा चोटपटकका कारण पनि हात दुख्छ । नसा च्यापिएर, ट्युमर भएमा, बाथरोग, युरिक एसिड बढेमा, हड्डी खिइएमा हात दुख्ने गर्छ । त्यस्तै क्याल्सियम र भिटामिन डीको कमीले पनि हा दुख्छ ।

हात दुखाइका लक्षण

हात दुख्दा रोग र अवस्थाअनुसार फरक-फरक लक्षण देखिन्छन् ।

सा च्यापिएमा : घाँटीदेखि हातसम्म पूरै दुख्ने, हात झर्लाजस्तो हुने, हातको औंलाको टुप्पोमा आगोले पोलेजस्तो महसुस हुने, हात झमझम हुने हुन्छ ।

बाथ रोग : हातको जोर्नी लगातार दुख्ने, बिहान उठ्नेबित्तिकै हात साह्रो हुने, चलाउन गाह्रो हुने हुन्छ ।

हातको हड्डी वा मांसपेशीमा ट्युमर पलाएमा : लगातार सहन नसक्ने गरी दुख्ने, हातमा मासुको फोका वा पानीको डल्लोजस्तो देखिने हुन्छ । हात लाटोजस्तो हुन्छ ।

उपचार र रोकथाम

हात दुख्ने समस्याको उपचार गर्दा सबैभन्दा पहिले त यसको कारण पत्ता लगाउनुपर्छ । यदि कामको भारले दुखेको भए समय-समयमा हातलाई विश्राम दिंदै काम गर्ने, युरिक एसिडको कारणले हो भने खानपानमा ध्यान दिने, भिटामिन डीको कमीले भएमा घाम ताप्ने वा भिटामिन डीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यस्तो बेला भिटामिन डीको सप्लिमेन्ट समेत खानुपर्ने हुन सक्छ । बाथ रोगका कारण हात दुखेको भए चिकित्सकको सल्लाहअनुसार औषधि, खानपान र व्यायाम गर्नुपर्छ ।

यदि कामको भारले हात दुखेको खण्डमा हातलाई आराम दिंदा, मालिस गर्दा वा धेरै दुखेमा नदुख्ने औषधि खाँदा दुखाइ कम हुन्छ । हातमा भार पर्ने काम दैनिक गर्नुपर्ने व्यक्तिले बेलुका सुत्नु अगाडि हातलाई तातोपानीमा १५-२० मिनेट डुबाउने गरे राहत मिल्छ ।

हातको व्यायाम

बिहान हातको व्यायाम गर्न सकिन्छ । हात मुठ्ठी पारेर काउन्ट गर्ने, हातका जोर्नीहरु चलाउने, हातलाई तलमाथि दायाँबायाँ चलाउने गर्न सकिन्छ । हातको व्यायाम वृद्ध उमेरका व्यक्तिलाई अझ बढी महत्वपूर्ण छ । किनभने उनीहरु खासै बाहिर नहिंड्ने भएकाले यस्तो व्यायामले मांसपेशी र हड्डी बलियो हुन्छ ।

(हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सुवाल भक्तपुरस्थित मध्यपुर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

स्वास्थ्य हात दुखाइ
डा. सरोजकुमार सुवाल
लेखक
डा. सरोजकुमार सुवाल
हाडजोर्नी तथा नसारोग विशेषज्ञ

डा. सुवाल हाल भक्तपुरस्थित मध्यपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालमा कार्यरत छन् । अर्थोपेडिक एमएस गरेका उनले नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११२२४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?