+
+

अमेरिकी राष्ट्रपति निर्वाचनमा पार्टीभित्रैबाट ट्रम्पलाई चुनौती, रिपब्लिकनमा उम्मेदवारको लर्को

एजेन्सी एजेन्सी
२०८० जेठ २३ गते २०:०२

२३ जेठ, काठमाडौं । सन् २०२४ मा अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकनबाट उम्मेदवारी दिन लागेका डोनाल्ड ट्रम्पलाई आफ्नै पार्टीबाट चुनौती थपिएको छ ।

डि–सान्तेषसँगै ट्रम्पलाई उनकै विश्वासपात्र माइक पेन्सले चुनौती दिएका हुन् । ट्रम्पलाई राष्ट्रपति निर्वाचनमा चुनौती दिन न्यू जर्सीका पूर्वगभर्नर क्राइस क्रिष्टी र दक्षिण डाकोटाका बहालवाला गर्भनर डग बोर्गमले पनि उम्मेदवारीको तयारी गरेका छन् ।

पार्टीबाट उम्मेदवार छनौटका लागि हुने प्रारम्भिक निर्वाचनको तयारी आगामी महिनाबाट सुरू हुँदैछ । पार्टीभित्रबाट उम्मेदवार धेरै हुँँदा ट्रम्पविरोधी मत बाँडिने र अन्तत ट्रम्पलाइनै फाइदा पुग्ने विश्लेषण भइरहेको छ । आन्तरिक चुनावको सर्वेक्षणमा सान्तेष र पेन्सभन्दा ट्रम्पनै अघि छन् ।

पूर्व उपराष्ट्रपति समेत रहेको पेन्स आधिकारिक रूपमा उम्मेदवारी दर्ता प्रक्रियामा सामेल भएका छन् । ६३ वर्षीया उनले राष्ट्रपतीय निर्वाचनका लागि औपचारिक रूपमै अभियानको थालनी गरेका छन् ।

आफूलाई इसाइ र रूढीवादी रिपब्लिकन दाबी गर्ने पेन्स ट्रम्पका निकै विश्वासपात्र थिए । तर अमेरिकी संसदमा सन् २०२१ मा ट्रम्पले समर्थकहरूलाई हमलाका लागि उक्साएपछि उनी टाढिएका थिए ।

ट्रम्पले पेन्सलाई बाइडेनको विजयलाई आधिकारिकता नदिनका लागि दबाब दिएका थिए । त्यसलाई अस्वीकार गरेपछि ट्रम्पले पेन्सलाई कायर भनेका थिए ।

ट्रम्पको निर्देशन अस्वीकार गरेका पेन्सलाई पेन्सलाई मृत्युदण्ड दिनुपर्ने भन्दै ट्रम्प समर्थकले नाराबाजी समेत गरेका थिए ।

ट्रम्पका समर्थकले अझै पनि उनलाई गद्दार भन्ने गरेका छन् । रिपब्लिकनबाट उम्मेदवारीमा दाबी गरिरहेकाहरूले आगामी महिनाबाट आफ्नो चुनावी अभियान अघि बढाउनेछन् ।

आगामी फेब्रुअरीबाट हरेक राज्यमा रिपब्लिकनबाट उम्मेदवार छनौटका लागि प्रारम्भिक निर्वाचन हुनेछ ।

पेन्सले चुनाव लड्नका निम्ति तल्लो तहमै आफ्नो पकड जमाउने गरी तयारी विगतदेखिनै थालेका थिए । धार्मिकरूपमा कट्टरहरू प्रारम्भिक चुनावमा निर्णायक छन् ।

यसअघि ट्रेड क्रुज ट्रम्पसँग झिनो मतले मात्रै पराजित भएका थिए । पेन्सको लोकप्रियता र उनलाइ रूचाउने मतदाताका कारण पार्टीभित्रको प्रारम्भिक चुनावबाट उनले ह्वाइटहाउसको यात्राका लागि पार्टीबाट चयन हुनसक्ने सम्भावना उत्तिकै छ ।

यस्तै, उनको इर्ष्या गर्ने मतदाताको संख्या पनि उत्तिकै रहेकाले उनलाई चुनौती पनि हुनसक्छ । विशेषगरी साउथ क्यारोलिनाका सिनेटर टीम स्कट र निक्की हेलीबाट उनलाई खतरा छ ।

यसरी धेरै उम्मेदवार हुँदा ट्रम्पविरोधी मत बाँडिने र अन्तत ट्रम्पनै रिपब्लिकनबाट उम्मेदवार चयन हुने सम्भावना रहेको विश्लेषण भइरहेको छ । पार्टीले गर्ने प्रारम्भीक निर्वाचनमा जसले बढी मत ल्याउछ उसैले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिनेछ ।

रिपब्लिकनबाट प्रारम्भिक निर्वाचन जित्नेले डेमोक्र्याटका जो बाइडेनसँग भिड्नेछ ।

यता, डेमोक्र्याटका पनि बाइडेनको बुढ्यौलीलाइ लिएर चिन्ता प्रकट भइरहेको छ । ८६ वर्षसम्म ह्वाइटहाउसमा रहने उनको चाहानमा त्यस पार्टीबाट कसैले चुनौती दिने तयारी भने गरेका छैनन् ।

उनको उम्मेदवारीको तयारीले मतदातामा समेत वितृष्णा छाएको विभिन्न सर्वेक्षणले देखाएका छन । न्युयोर्क टाइम्सले गरेको अन्तरसंवादमा डेमोक्र्याटका अधिकांश समर्थकले वितृष्णा पैदा गरेको देखाएको हो ।

८६ वर्षसम्म ह्ववाइट हाउसमा बस्ने उनको चाहनाले धेरैलाई निराश बनाएको सर्वेक्षणले देखाएको छ । न्युयोर्क टाइम्सले हालसालै गरेको एक बृहत् संवादमा सन् २०२० मा उनलाई समर्थन गरेका एक मतदाताले भने, ‘बाइडनको सम्बोधन नियाल्दा यस्तो लाग्छ– उनी विचार शून्य छन् ।’

बाइडनको उमेरबारे डेमोक्र्याटमा पनि उत्तिकै बेचैनी छ ।

डेमोक्र्याटका एक जना समर्थकले भने, ‘बाइडनको घोषणाले हामीलाई निकै निराश बनाएको छ । पार्टीका सहयोगीहरूलाई पनि उनको घोषणाले गर्दा सहयोग नगर्न उत्प्रेरित भइरहेछन् ।’

बाइडनमा विस्मृति, कम श्रवण शक्तिलगायत समस्या छन् । बाइडनको उमेरबारे डेमोक्र्याटमा पनि उत्तिकै बेचैनी छ । डेमोक्र्याट समर्थकले भने, ‘बाइडनको घोषणाले हामीलाई निकै निराश बनाएको छ । पार्टीका सहयोगीहरूलाई पनि उनको घोषणाले गर्दा सहयोग नगर्न उत्प्रेरित भइरहेछन् ।’

गतवर्ष बाइडनका उमेर समूहका डेमोक्र्याटको भेलामा धेरैले राष्ट्रपतिमा दोहोरिनका लागि उनको उमेर निकै बुढो भएको बताएका थिए । बाइडनको बुढ्यौलीका कारण स्थानीय नेताहरूले ह्वाइट हाउसमा फोन गरेर नियमित रूपमा उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेका छन् ।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार बाइडनको बुढ्यौलीलाई मध्यनजर गर्दै उनीहरू सकेसम्म उनलाई तनाव नदिने गरी कार्यसम्पादन गरिरहेका हुन्छन् ।

उनका कर्मचारीहरूले सार्वजनिक कार्यक्रम सकेसम्म १२ बजेदेखि ४ बजेसम्म राख्ने गर्छन् र बिदाका दिन उनलाई एक्लै छोडिदिन्छन् ।

ह्वाटहाउस चिफ अफ स्टाफकी उपप्रमुख जेनिफर डिलियन भन्छिन्, ‘जुनसुकै उमेर समूहको भए पनि राष्ट्रपतिका लागि भनेर हामीले विशेष केही काम गर्नुपर्दैन ।’

यद्यपि बाइडनको मेरुदण्डमा समस्या भने छ । उनले कोलेस्ट्रोल, दम र एलर्जीको नियमित औषधि सेवन गरिरहेको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?