+
+
Shares
लघुकथा :

तालीहरू

नीलम राई नीलम राई
२०८० असार २ गते १०:३३

पोर्चुगलको राजधानी लिस्बन शहरको एउटा व्यस्त नेपाली रेस्टुरेन्ट। बेलुकीको समय सधैं नै मानिसहरूको खचाखच भीड लाग्ने गर्छ। नयाँ–पुराना ग्राहकले रेस्टुरेन्ट भरिभराउ हुन्छ।

त्यहाँ लामो समयदेखि वेटरको काम गरिरहेकी एक स्मार्ट केटी पनि छिन्। निकै तीक्ष्ण दिमागकी केटी। विना कुनै टिपोट सबै टेबलहरूको अर्डर मुखैले सर्सर्ती लिन र सम्झन सक्ने। विना कुनै गल्ती सर्भ गर्न सक्छिन्।

यसरी सबै टेबलका अर्डरहरू सोधपुछ गरेर याद गरेपछि निश्चित गर्नलाई एक पटक सबैलाई दोहोर्‍याएर सुनाउँछिन् अनि किचनतिर लाग्छिन्। केटीको यो प्रतिभाको कदरस्वरूप ग्राहकहरू एकैसाथ ताली बजाएर प्रतिक्रिया जनाउँछन्। र यस्तो हरेक दिनै हुने गर्छ। एउटा रुटिन जस्तै।

 माथिबाट भगवान हेर्छन्, ती तालीहरूको संयोजन।

एक ताली भवन निर्माणमा काम गर्ने कुनै परिश्रमी मजदुरको ठेला उठेको हातको छ।

एक ताली आफ्नै साथीको गला घोट्ने कुनै धोकेबाजको छ।

एक ताली कोही कविको कोमल हातको पनि छ। एक ताली भर्खरै बटुवाको मोबाइल चोरेर आएको हातको  छ।

एक ताली कुनै सहयोगी/सहृदयी हातको पनि छ।

एक ताली हत्या गरेर फरार अपराधीको पनि छ। एक ताली भर्खरै अप्रेसन सकेर आएको डाक्टरको पनि छ।

तसर्थ गुन्जिएको ताली एकै लयको भए पनि अलग कर्म गर्ने/गरेका हातहरूको सहभागिता छ यसमा।

माथिबाट भगवान फेरि सोच्छन् :

‘अब मैले केही त्यस्तो गर्नै पर्छ ताकि यी केटीलाई केवल असल हातहरूको ताली मात्रै नसिब होस्। अनि खराब कर्म गरेकाहरू उनीसँग दूरदूर रहुन्। किनकि उनको बुद्धि मात्रै तीक्ष्ण हैन मन पनि एकदमै असल, सुन्दर र सफा छ। उनले असल मान्छेहरूको मात्रै ताली पाउने योग्यता राख्छिन्। सी डिजर्भ इट्।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?