+

रुघाखोकी लाग्दा आफूखुसी औषधि किन खानु हुँदैन ?

२०८० असार  ४ गते १६:५० २०८० असार ४ गते १६:५०
Shares
रुघाखोकी लाग्दा आफूखुसी औषधि किन खानु हुँदैन ?

काठमाडौं । रुघाखोकी हरेक मौसममा लाग्न सक्ने र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । हाम्रो समाजमा रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खाने चलन निकै छ । यसरी आफूखुसी औषधि किनेर खानु कति ठीक हो ?

बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं रुघाखोकी लाग्दा हतारमा औषधि खाइहाल्नु नपर्ने बताउँछन् । ‘रुघाखोकी दुई किसिमका हुन्छन्, सामान्य र जटिल । आजभोलि हुने रुघाखोकी सामान्य खालकै हुन्छ,’ उनी भन्छन्, ‘यो पाँच-सात दिनमै निको हुने भएकाले औषधि खाइहाल्नु पर्दैन ।’ रुघाखोकी लागेमा पोषणयुक्त खानेकुरा, झोलिलो पदार्थ खाने र सरसफाइमा ध्यान दिनुपर्छ ।

फार्मेसीमा पिस्क्राइब (डाक्टरले सिफारिस गरेको) र ओभर द काउन्टर ड्रग दुई प्रकारका औषधि पाइन्छन् । रुघाखोकी, ज्वरो, साधारण ग्यास्ट्रिक, पेन किलर, एलर्जीको औषधि नेपालमा आफैं किनेर खाने चलन रहेको जनरल फिजिसियन डा. लोचन कार्की बताउँछन् ।

‘घरमै औषधि खाएर निको भएन भने मात्र जाँच गराउन जाने चलन छ । जबकि रुघाखोकीमा रोगको प्रकृतिअनुसार औषधि सेवन गर्न जरुरी हुन्छ,’ उनी भन्छन् ।

कस्तो अवस्थामा औषधि खाने ?

रुघाखोकी लागेको पाँचदेखि सात दिनसम्म पनि निको नभएमा, खोकी निरन्तर लागेमा, ज्वरो बढ्दै गएमा, खकार र सिंगान पहेंलो भएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकलाई जाँच गराएर औषधि सेवन गर्नुपर्ने डा. चापागाईं बताउँछन् ।

‘चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि खान हुँदैन । अनावश्यक रुपमा चिकित्सकको परामर्श बिना सेवन गरेको औषधिले साइड इफेक्ट गराउँछ,’ उनी भन्छन् ।

औषधि पनि उमेर अनुसार फरक-फरक मात्रामा खानुपर्ने हुन्छ । बच्चाका लागि छुट्टै औषधि हुन्छ भने वयस्कका लागि छुट्टै । सजिलै पाइन्छ भन्दैमा चकलेट खाए जसरी जुनसुकै बेला औषधि खान नहुने डा. कार्की बताउँछन् । सकेसम्म बच्चालाई एन्टिबायोटिक औषधि प्रयो गर्नु हुँदैन ।

औषधि रुघाखोकी
डा. रामहरि चापागाईं
लेखक
डा. रामहरि चापागाईं
बालरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४४४४ अध्ययन : एमबीबीएस, त्रिविबाट पेडियाट्रिकमा एमडी हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग