+

७ खानेकुरा, जसले शरीरमा गुड कोलेस्टेरोल बढाउँछ

२०८० असार  ८ गते १७:५७ २०८० असार ८ गते १७:५७
७ खानेकुरा, जसले शरीरमा गुड कोलेस्टेरोल बढाउँछ

शरीरमा कलेजोले उत्पादन गर्ने बोसोजस्तो पदार्थलाई कोलेस्टेरोल भनिन्छ । भिटामिन डी, पाचन र एस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोनजस्ता धेरै हार्मोन निर्माणको लागि कोलेस्टेरोल आवश्यक हुन्छ । विभिन्न प्रकारका शारीरिक कार्य गर्न शरीरमा कोलेस्टेरोलको मात्रा उचित हुनुपर्छ । शरीरमा कोलेस्टेरोल हुनु खतरा होइन, तर खराब कोलेस्टेरोल बढ्नु भनेको खराब हो ।

कोलेस्टेरोल मुख्यतया दुई प्रकारको हुन्छ ‘एचडीएल’ र  ‘एलडीएल’ । हाइ डेन्सिटीयुक्त लिपोप्रोटिन वा ‘एचडीएल’लाई राम्रो कोलेस्टेरोल मानिन्छ । यसले हाम्रो धमनीमा हुने अवरोध हटाउन सहयोगी मानिन्छ र खराब कोलेस्टेरोललाई बाहिर निकाल्न मद्दत गर्छ । अर्को चाहिं लो डेन्सिटी लिपोप्रोटिन वा ‘एलडीएल’ खराब कोलेस्टेरोल हो, जसले धमनीमा अवरोध पुर्‍याउँछ र हृदयघात तथा मस्तिष्कघात हुने सम्भावना बढाउँछ ।

ब्याड कोलेस्टेरोलले मुटुको रोग बढाउने सम्भावना हुन्छ भने गुड कोलेस्टेरोलले भने अप्रत्यक्ष रूपमा मधुमेह, उच्च रक्तचाप र मुटुको रोगको जोखिमबाट बचाइरहेको हुन्छ ।

खराब कोलेस्टेरोल किन बढ्छ ?

वंशाणुगत कारण, अस्वस्थ जीवनशैली, प्रशोधित खानेकुरा अत्यधिक सेवन र मुटुरोग, मोटोपन भएका व्यक्तिमा कोलेस्टेरोल बढ्ने समस्या हुन सक्छ । अमेरिकाको सरकारी एजेन्सी सी डिसी ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’को अध्ययनले खराब कोलेस्टेरोल घटाउन खाना र जीवनशैली नै परिवर्तन गर्नुपर्ने बताएको छ ।

खराब कोलेस्टेरोल ट्रान्स फ्याटले बढाउँछ, जुन प्याकेट बन्द खानेकुरामा धेरै हुन्छ । स्याचुरेटेड फ्याट विभिन्न जनावरका मासु, तारेका र प्रशोधित खानेकुरा आदिले खराब कोलेस्टेरोल बढाउँछ । प्रशोधित खानेकुरा, कार्बोहाइड्रेट बढी भएको खानेकुरा र रक्सी खाँदा खाइने स्न्याक्सले पनि खराब कोलेस्टेरोल बढाउँछ ।

गुड कोलेस्टेरोल बढाउने खानेकुरा

शरीरमा ब्याड कोलेस्टेरोल बढाउन खानपान जिम्मेवार भएजस्तै गुड कोलेस्टेरोल बढाउन पनि खानाको भूमिका हुन्छ । खराब कोलेस्टेरोललाई घटाइयो भने स्वतः हाम्रो शरीरमा गुड कोलेस्टेरोल बढ्छ । साथै केही खानेकुरा खाएर गुड कोलेस्टेरोल बढाउन सकिन्छ ।

गुड कोलेस्टेरोल बढाउन मुख्तया ६ खानेकुरा लाभदायक हुन्छन्  । हाडे बदाम, ओखर,आलस, माछा, एभोकाडो, ओलिभ आयल र ओट्सले  गुड कोलेस्टेरोल बढाउन सहयोग गर्छन् ।

(पोषणविद् बानियाँसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

कोलेस्टेरोल खानेकुरा
लेखक
भूपाल बानियाँ, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय