+
+

सन्दीपले दिलाए नेपाललाई दोस्रो विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १७:४०

९ असार, काठमाडौं । विश्वकप छनोटको निर्णायक खेलमा १६८ रनमै अलआउट भएको नेपालले नेदरल्याण्ड्सको दोस्रो विकेट लिएको छ ।

डच टोलीलाई म्याक्सवेल ओ’डाउड र विक्रमजित सिंहको ओपनिङ जोडीले राम्रो सुरुवात दिलाएका थिए । पावर प्लेमा विना विकेटको क्षतिमा ५८ रन बनाएको नेदरल्याण्ड्सका ओ’डाउडले १२औं ओभरको चौथो बलमा ललित राजवंशीलाई छक्का हान्दै अर्धशतक पूरा गरेका थिए ।

तर १३औं ओभरको अन्तिम बलमा सन्दीपले यो साझेदारी तोडे । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारेका हुन् ।

१५औं ओभरको दोस्रो बलमा उनले नै वेस्ली बार्रेसीलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । उनी मात्र ३ रनमा आउट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?