+

मिश्री कति गुणकारी ?

२०८० असार  १० गते १३:४९ २०८० असार १० गते १३:४९
मिश्री कति गुणकारी ?

मिश्रीलाई चिनीको विशुद्ध रुप मानिन्छ । स्वादका लागि जति प्रख्यात छ उति नै गुणकारी पनि छ मिश्री । खासगरी खीर र अन्य गुलियो परिकार बनाउन प्रयोग गरिने मिश्रीका धेरै फाइदा हुँदाहुँदै पनि प्रयोग भने निकै कम हुने गरेको देखिन्छ । गुलियोका लागि चिनीकै प्रयोग अत्यधिक हुने गरेको छ ।

चिनीको अत्यधिक प्रयोगले रगतमा ग्लुकोजको मात्रा बढ्ने सम्भावना हुन्छ । जसकारण इन्सुलिन नामक हार्मोनको प्रभाव कम हुन थाल्छ, त्यसले मधुमेहको जोखिम बढाउँछ । योसँगै कोलेस्टेरोल पनि बढ्ने सम्भावना हुन्छ ।

तर मिश्रीले त स्वाद मात्र बढाउँदैन यसका फाइदाहरु पनि थुप्रै छन् । फाइदा र गुणबारे ज्ञानको अभावमा यसको प्रयोग घट्दै गएको हो । मिश्री खानमा मात्र होइन प्राय: आयुर्वेदिक औषधिमा पनि प्रयोग गरिन्छ । तर यसको फाइदाबारे जानकार नभएरै होला धेरैले चिनीलाई नै प्राथमिकता दिन्छन् । जसले दीर्घरोग बढाउन भूमिका खेलिरहेको हुन्छ । मिश्रीमा स्वास्थ्यमा देखापर्ने विभिन्न साना समस्या निको पार्न सक्ने क्षमता छ ।

के छन् फाइदा ?

-घाँटी दुख्ने वा रुघाखोकी लागेमा मिश्रीको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।

-मिश्री आँखाका लागि निकै फाइदाजनक मानिन्छ । किनभने यसमा भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।

-यसले रक्तअल्पताको समस्यामा राहत मिल्छ । शरीरमा हेमोग्लोबिनको मात्रा बढाउने भएकाले रगतको कमीबाट बचाउँछ ।

-ग्लुकोजको मात्रा हुने भएकाले शरीरलाई तत्काल ऊर्जा दिन्छ ।

-मिश्री पेटका लागि निकै फाइदाजनक मानिन्छ । यसमा पाचन गुण हुन्छ, जसले खाना पचाउन मद्दत गर्छ ।

कसरी बन्छ मिश्री ?

मिश्री उखुको रसबाट बन्छ । उखुको रस चिनी निकाल्ने प्रक्रिया जस्तै मिश्रीको पनि बन्ने प्रक्रिया उस्तै हो । तर फरक यति मात्र हो, यसलाई प्रशोधित नगरी बनाइन्छ । उखुलाई मेसिनमा पेलेर रस निकालिन्छ । त्यसबाट फोहोर छानिन्छ । त्यसपछि त्यसको रसमा पानी राखेर बफाइन्छ । त्यसमा दूध पनि मिसाइन्छ । ताकि यसको रङ सेतो र सफा देखियोस् । त्यसपछि त्यसलाई डल्लो बनाएर तयार गरिन्छ । मिश्रीमा धाँगो राखिन्छ किनभने त्यसले ती डल्लाहरुलाई अड्काउन मद्दत गर्छ । बजारमा धाँगो भएका डल्ला मिश्री, धागो नभएका ठूलो मिश्री र मेसिनले मसिनो पारेको मिश्री बजारमा पाइन्छन् । चिनी उद्योगले मिश्री उत्पादन गर्न सक्ने भएपनि नेपालमा भारतबाट नै धेरै मिश्री आयात हुने गरेको देखिन्छ ।

चिनीको विकल्पमा मिश्री किन ?

चिनीले तौल छिट्टै बढाउन सक्छ र सन्तुलित राख्छ । यसबाहेक स्तनपान गराउने आमाले मिश्रीको गर्न सल्लाह दिइन्छ, जसले उनीहरूको स्वास्थ्य पनि राम्रो हुन्छ र बच्चामा कुनै नराम्रो प्रभाव हुँदैन ।

त्यसैले चिनीको दैनिक प्रयोग गर्ने चिया, कफीजस्ता पेयमा चिनीको सट्टा मिश्री प्रयोग गर्न सकिन्छ । तर थोरै गुलियोपनमा चिनी जतिको मिठासपूर्ण नहुन सक्छ । आजभोलि मानिसहरु स्वास्थ्यप्रति सचेत छन् । त्यसैले चिनी नै चटक्कै छोड्न पनि थालेका छन् । उनीहरुले यसको विकल्पमा मिश्री रोज्न सक्छन् । तर मधुमेहका बिरामीका लागि भने चिनी होस् वा मिश्री दुवै हानिकारक हुन्छ ।

मिश्रीको प्रयोग 

आयुर्वेदले सख्खरभन्दा पनि मिश्री प्रयोग गर्नु फाइदाजनक भनेको छ । खासगरी पेट, खोकी र दमको औषधिमा मिश्री प्रयोग गरिन्छ । त्यस्तै घरको भान्छामै पनि सजिलै मिश्रीलाई प्रयोग गरेर धेरै स्वास्थ्य समस्याबाट राहत पाउन सकिन्छ ।

१. अमलाको धूलोमा चिनी मिसाएर खाँदा टाउको दुख्ने समस्यामा धेरै राहत मिल्छ ।

२. मिश्री दुई ग्राम जति मुखमा राख्दा घाँटी दुख्ने र खोकीमा धेरै आराम मिल्छ ।

३. मिश्री र अलैंची मिसाएर खाँदा पनि मुखको अल्सरको समस्यामा धेरै राहत मिल्छ ।

४.  राम्रो निद्राको लागि राति दूधमा मिश्री  मिसाएर पनि पिउन सक्नुहुन्छ । यसले राति राम्रो निद्रा दिन्छ र तनाव पनि कम गर्छ ।

५. दूधमा केसर र चिनी मिसाएर पिउनाले ऊर्जा र क्रियाशीलता प्राप्त हुन्छ । साथै रक्तसञ्चार पनि राम्रो हुन्छ ।

६. मिश्रीको गाढा पानी पिउँदा ज्वरो, पेट पोल्ने, पिसाब पोल्ने,  हात, खुट्टा पोल्ने रोगमा आराम मिल्छ । पाँचदेखि १० ग्राम मिश्रीभन्दा आठ गुणा पानीमा पकाउने । त्यसको एक चौथाइ बाँकी रहेपछि काँडा तयार हुन्छ ।

७. शरीरमा शीतलता प्रदान गर्ने भएकाले गर्मीमा लु लागेकाहरुमा पनि मिश्री र पानीको मिश्रण अति प्रभावकारी हुन्छ ।

८. कुनै रोगका कारण शरीरबाट रक्तश्राव भइरहेको अवस्थामा पनि मिश्री पानी प्रभावकारी हुन्छ ।

(आयुर्वेदिक चिकित्सक डा. केशरीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

गुलियो मिश्री
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय