+
+
Shares
कविता :

… फेरि गफ !

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०८० असार १० गते १६:५५

हामी सबै नेता हौं
हामी आफू बाहेक
सबैलाई नेतृत्व दिन्छौं
अनि ठान्छौं
अनुयायीलाई अस्तित्व दिन्छौं
जिउनुको महत्व दिन्छौं ।

हामीले
नसुनेको केही छैन्
नचिनेको कोही छैन्
नजानेको नाउँ छैन्
नघुमेको ठाउँ छैन् ।

जब कुरा सुरु हुन्छ
हाम्रो विज्ञता सुरु हुन्छ
अनि धाराप्रवाह जान्छ
त्यहाँ,
अरुको स्थान हुन्न
जान्ने सुन्ने आफैं,
मान्ने गुन्ने आफैं,
चियामा झिंगा परोस् बाल
चिसिएर सर्वत नै बनोस् बाल
चुस्की पछि मारौंला
मार्दै गरौंला
तर
गर्दै गरेको कुरो
रोकिनु भएन
गाउँमा गएको क्रेनदेखि
रसिया युक्रेनसम्म
जापानको ट्रेनदेखि
एलन मस्कको ब्रेनसम्म
दिएको छ
दिएको छ …
अहँ, गफ रोकिंदैन
एके फोर्टी सेभन जस्तो छ हाम्रो मुख ।

हामी हात फन्काउँदै बोल्छौं
सिन्को भाँच्नु पर्दैन
बोलेरै सिंगापुर पुग्छौं
चिसो लाग्दैन कहिल्यै
स्वीट्जरल्याण्ड पुग्छौं
देश त्यस्तै बनाउँछौं
बानी त्यस्तै परेको छ
साना कुरा गरेर आफू नेपाल किन बन्नू !
बोल्दैमा के जान्छ
खोक्नुसम्म खोक्छौं
जिम्मेवारी बोक्नु परेन
शब्द फ्याँक्नु नै कर्म भैगो
अरु केही गर्नै परेन
त्यसमाथि,
एक दुई मिडियाको साथ मिलोस्
हामी यति कुर्लिन्छौं
यति खोक्छौं
भाइरल बन्ने ध्याउन्नमा
आफैंलाई बिर्सन्छौं
तर बोल्न बिर्संदैनौं
नेता बन्न बिर्संदैनौं
बोल्नु नै नेता बन्नु हो भन्छौं
कामधाम एकातिर
दुईचार जना श्रोताको खोजीमा लागिरहन्छौं
सधै लागिरहन्छौं
यसरी नै लागिरहन्छौं … !

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?