+

 माल्दिभ्स विरुद्ध पुनरागमन जितले बंगलादेशकाे आशा कायमै

२०८० असार  १० गते १७:५३ २०८० असार १० गते १७:५३
 माल्दिभ्स विरुद्ध पुनरागमन जितले बंगलादेशकाे आशा कायमै

१० असार, बैंगलुरु । बंगबन्धु साफ च्याम्पियनसिप २०२३ मा बंगलादेशले माल्दिभ्सलाई आइतबार ३-१ ले पराजित गरेको छ ।

बैंगलुरुस्थित कान्तिरवा स्टेडियममा भएको खेलमा बंगलादेशले एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै तीन गोल गरेको हो ।

पहिलो हाफमा दुवै टोलीले समान एक गोल गर्दा पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको १७औं मिनेटमा हाम्जा मोहमम्दले अली फैसरको पासमा गोल गर्दै माल्दिभ्सलाई सुरुवात अग्रता दिलाएका थिए ।

तर त्यसलाई कायम राख्न सकेन । ४२औं मिनेटमा राकिब हुसेनले सोहेन रानाको पासमा बंगलादेशका लागि बराबरी फर्काए ।

६७औं मिनेटमा तारिक रहेमान काजीले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि ९०औ मिनेटमा वैकल्पिक खेलाडी शेख मोर्सालिमले गोल गर्दै बंगलादेशको जित पक्का गरे ।

यस जितपछि समूह बी मा बंगलादेले दुई खेलबाट ३ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

साफ च्याम्पियनसिपमा बंगलादेशले माल्दिभ्सलाई २० वर्षपछि पराजित गरेको हो ।

यसअघि सन् २००३ मा बंगलादेशमै भएको साफमा बंगलादेशले माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । बंगलादेशले घरेलु मैदानमा भएको त्यस संस्करणको साफ च्याम्पियनसिपको उपाधि नै जितेको थियो । बंगलादेशले जितेको त्यो नै एक मात्र साफ उपाधि हो ।

बंगलादेश पहिलो खेलमा लेबनानसँग २-० ले पराजित भएको थियो ।

पहिलो खेलमा भुटानलाई २-० ले हराएको माल्दिभ्सको यो पहिलो हार हो । माल्दिभ्सको पनि दुई खेलबाट समान ३ अंक छ । पहिलो पटक साफ खेलिरहेको लेबनानको ३ अंक छ र लेबनानले भुटानसँग आइतबार बेलुकी साढे ७ बजे खेल्दैछ ।

समूह बी को अन्तिम खेलमा बुधबार बंगलादेशले भुटानसँग र माल्दिभ्सले लेबनानसँग खेल्नेछ ।

समूह ए बाट घरेलु टोली भारत र कुवेत सेमिफाइनल पुगिसकेका छन् भने नपाल र पाकिस्तान बाहिरिसकेको छ ।

 

साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय