+
+

ह्वाट्सएमा पठाएका म्यासेज कसरी एडिट गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १८:१०

इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले हालै एउटा फिचर ल्याएको छ जसमा ह्वाट्सएपमा पठाइएका टेक्स्ट मेसेजलाई एडिट गर्न सकिन्छ ।

यो फिचरको मद्धतले प्रयोगकर्ताले ह्वाट्सएप मेसेज पठाइसकेपछि पनि त्यसलाई परिवर्तन गर्न सक्दछन् । यद्यपि, यसरी मेसेज पठाएको १५ मिनेटभित्रै त्यसलाई एडिट गर्नुपर्ने भए गरिसक्नु पर्दछ ।

अनि त्यसरी सम्पादित मेसेजसँगै प्रापकको इनबक्समा सम्पादन गरिएको सबै विवरण (एडिटेड लेबल) पनि देखिन्छ । यसबाट प्रापकले आफुलाई पठाइएको मेसेज एडिट गरिएको हो भन्ने त थाहा पाउँछ तर सबैभन्दा सुरुमा पठाएको मेसेज अर्थात् सम्पादन गर्नुअघिको मेसेज के थियो भन्ने चाहीँ हेर्न पाउँदैन ।

ह्वाट्सएपले मेसेज एडिट फिचर जारी गर्दै भनेको थियो कि ह्वाट्सएप मेसेज पठाउँदा कुनै गल्ती भयो वा विचार परिवर्तन भयो भने अब आफूले पठाएको मेसेज परिवर्तन गर्न सक्नेछ ।

ह्वाट्सएपमा पठाएका मेसेज प्रापकले समेत देख्न नपाउने गरी डिलिट गर्ने सुविधा धेरै अगाडि देखि नै उपलब्ध छ । तर मेसेज एडिट गर्ने सुविधाले अब मेसेज पूरै डिलिट गरेर पुनः लेख्नुपर्ने समयको बचत गर्नेछ र गलत मेसेज पठाउँदा हुने गल्तीबाट पनि जोगाउनेछ ।

मेसेज कसरी एडिट गर्ने ?

  • आफूले एडिट गर्न चाहेको ह्वाट्सएप मेसेजमा केही बेरसम्म ट्याप गर्नुहोस् ।
  • त्यसपछि Edit  अप्सनमा जानुहोस् । यसका लागि आइओएसमा message context menu मा जानुपर्छ भने एन्ड्रोइडमा स्क्रिनको माथिल्लो दायाँपट्टिको छेउँमा रहेको तिनवटा थोप्ला भएको मेन्यूमा जानुपर्दछ ।
  • त्यसपछि टेक्स्ट फिल्डमा गएर पूरानो मेसेज एडिट गर्ने र नयाँ लेख्नुपर्ने कुराहरु लेख्नुपर्दछ ।
  • टेक्स्ट बक्सको छेउँमा गरेको हरियो चेकमार्कमा ट्याप गर्नुहोस् । त्यसपछि तपाइँले एडिट गरेको मेसेज सेभ हुन्छ । यसरी मेसेज एडिट गरिसकेपछि सो सम्पादित मेसेजलाई सिधै पठाउन सकिन्छ ।
  • प्रयोगकर्ताले ह्वाट्सएपमा पठाएको १५ मिनेट भित्रमा मात्र मेसेज एडिट गर्न सक्दछन् । यो सुविधा पर्सनल च्याट र ग्रुप च्याट दुबैमा उपलब्ध छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?