+

अति सोच्नु पनि एक बिरामी हो ?

२०८० असार  १५ गते १८:३१ २०८० असार १५ गते १८:३१
Shares
अति सोच्नु पनि एक बिरामी हो ?

के तपाईं पनि कुनै कुराको बारेमा धेरै सोच्नुहुन्छ ? कहिलेकाहीं कुनै पनि कुराको बारेमा धेरै सोच्दा दिक्क लागेको महसुस गर्नुभएकै होला । सानो सानो कुरामा पनि धेरै सोच्ने बानीले तपाईंलाई हैरान बनाएको हुन सक्छ ।

यो व्यक्तिमा भर पर्छ कि उसले कुन कुरालाई बढी महत्त्व दिन्छ । कोही सानो कुरालाई सामान्य रूपमा लिन्छन् भने कोही त्यही सानो कुराको बारेमा लामो समय सोचिरहन्छन् ।

के हो अति सोचाइ अर्थात् ‘ओभर थिङकिङ’?

मानिसले कुनै पनि काम गर्नुअघि वा निर्णय लिनुअघि सोच्छन् जुन सही पनि हो । धेरै सोच्ने भएकाले नै मानिस अन्य प्राणीभन्दा अघि छ । यो मानिसको स्वाभाविक स्वभाव हो, तर जब यो स्वभावले सीमा नाघेको हुन्छ, त्यसलाई ‘ओभर थिङकिङ’ भनिन्छ ।

‘ओभर थिङथिङ’ आफैंमा नराम्रो होइन । धेरै सोच्दा समाज परिवार र व्यक्तिलाई कुनै कुरा फाइदा हुन्छ भने त्यो त राम्रो हो । चाहिनेभन्दा धेरै सोचेर नै मानिस अरू प्राणीभन्दा अगाडि पुगेका हुन् ।

व्यक्तिले कुनै कुराको बारेमा धेरै सोच्छ, गहिरो सोच्छ भने त्यो समस्या होइन । साहित्यकारहरूले सानो कुरामा पनि धेरै सोचेर नै राम्रो साहित्य सिर्जना गरेका हुन् । तर कुनै पनि सोचाइले फाइदा नगरी त्यसले नोक्सान गर्छ भने त्यो ‘ओभर थिङकिङ’ चाहिनेभन्दा धेरै सोचाइ हो ।

ओभर थिङकिङको लक्षण

-आफूसँग भएको नराम्रो क्षणलाई बारम्बार सम्झिरहने

-एउटै कुरा सोचिरहँदा राम्ररी निद्रा नलाग्ने

-पुरानो कुराहरू पनि याद आइरहने

-कसैले केही कुरा भन्यो भने त्यो कुरालाई मनमा लिएर सोचिरहने

-केही कुराको चिन्ता लिन्नँ भन्दाभन्दै पनि चिन्ता लाग्नु

अति सोचाइले निम्तिन सक्ने समस्या

चाहिनेभन्दा धेरै सोच्यो भने दिमागमा भार पर्छ । धेरै सोच्ने बानीले तनाव दिन सक्छ । साथै धेरै सोच्ने समस्याले मानसिक रोगी बनाउन सक्छ ।

धेरै सोच्दा ‘अबसेसिभ कमप्लेसिभ डिसअर्डर’, ‘एन्जाइटी डिसअर्डर ’, र विचार विकार ‘थट डिसअर्डर’ जस्ता मानसिक समस्या देखा पर्न सक्छ ।

अति सोचाइबाट बच्ने उपाय

केही गलत चीजको बारेमा बारम्बार सोचिरहनु भएको छ भने त्यसबाट दिमाग विचलित गर्न मन पर्ने काम गर्नुपर्छ । कुनै पनि गतिविधि गर्नुहोस् जसले आनन्दित बनाउँछ । भान्साको नयाँ सीप सिक्नुहोस् । चित्रकला, संगीत सुन्नुहोस्, नृत्य गर्नुहोस् । यसले दिमागलाई आराम दिनेछ र अनावश्यक चीजको बारेमा सोच्नबाट जोगिन्छ ।

दैनिकीलाई व्यवस्थित बनायो भने पनि धेरै सोच्नबाट बच्न सकिन्छ । खाना खाने समय, पढ्ने समय,  परिवारसँग समय बिताउने र सुत्ने सबै कुरालाई समयमा गरियो भने धेरै सोच्ने समय हुँदैन र  समस्याबाट बच्न सकिन्छ ।

यदि धेरै सोच्नबाट बच्न चाहनुहुन्छ भने, नियमित रूपमा ध्यान अभ्यास गर्नुहोस् । यसले डरलाई कम गर्नेछ ।  मानसिक रूपमा आराम महसुस हुनेछ ।

धेरै सोच्ने समस्याबाट बच्न विभिन्न उपाय अपनाउँदा पनि सोच आइरह्यो भने मनोचिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्छ ।

(मनोचिकित्सक प्राध्यापक रवि शाक्यसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

मानसिक स्वास्थ्य सोचाइ
डा. रवि शाक्य
लेखक
डा. रवि शाक्य
न्युरो साइक्यार्टिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २६२८ अध्ययन : एमबीबीएस, एमडी हाल ललितपुरस्थित पाटन अस्पतालका निर्देशक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?