+

हरियो सागपातले कसरी आँखाको दृष्टि राम्रो बनाउँछ ?

२०८० असार  २० गते १८:२४ २०८० असार २० गते १८:२४
हरियो सागपातले कसरी आँखाको दृष्टि राम्रो बनाउँछ ?

आँखाको समस्या सामान्यजस्तो भइसकेको छ । आजभोलि साना साना बालबालिकाले पनि चश्मा लगाएको देखिन्छ । आँखा सुख्खा हुने, पावर कम हुने र अल्छे आँखा जस्ता समस्या बढ्दै गएको छ । हरियो सागपात खाएमा आँखाको दृष्टिशक्ति राम्रो हुन्छ भनेको त हामीले सानैदेखि सुन्दै आएका छौं ।

हरियो सागसब्जी सम्पूर्ण स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । हरियो सागसब्जीमा प्रशस्त मात्रामा भिटामिन, आइरन र फाइबर पाइन्छ । यसमा पाइने भिटामिनले आँखाको ज्योति बढाउन र स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ए र  भिटामिन सीले आँखा बलियो बनाउँछ ।

भिटामिन एको कमी भयो भने आँखाको दृष्टि कमजोर हुने र संक्रमणको जोखिम पनि बढ्ने हुन्छ । त्यसैले यदि दैनिक रूपमा हरियो सागपात खाइयो भने आँखाको स्वास्थ्य राम्रो हुन्छ ।

आँखालाई स्वास्थ्य राख्ने अन्य खानेकुरा

गाँजरमा बिटा क्यारोटिन, फाइबर, भिटामिन-के, भिटामिन ए र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । त्यसैले गाँजर आँखाको स्वास्थ्यको लागि राम्रो खानेकुरा हो ।

ब्रोकाउलीमा प्रचुर मात्रामा भिटामिन ए पाइन्छ, जसले आँखाको दृष्टि बढाउनुका साथै आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसको सेवनले रेटिना पनि स्वस्थ रहन्छ । साथै ड्राइफ्रुट, मौसमी फलफूल, माछा पनि आँखाको स्वास्थ्यको लागि राम्रो हुन्छ ।

उच्च रक्तचाप र मधुमेह बिरामीले विशेष ध्यान दिनुपर्छ

मधुमेह र उच्च रक्तचापको बिरामीले सामान्य व्यक्तिको भन्दा आँखाको स्वास्थ्यमा बढी ध्यान दिनुपर्ने हुन्छ । यस्ता दीर्घरोगले आँखालाई असर गर्न सक्छ । त्यसैले मधुमेहको बिरामीले आफ्नो खानपानमा ध्यान दिनुपर्छ । कार्बोहाइड्रेट र गुलियो खानेकुरा कम खाएर मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । त्यस्तै उच्च रक्तचापको बिरामीले नुन कम खाएर उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुपर्‍यो ।

आँखालाई बिगार्ने खानेकुरा

प्याकेट बन्द खानेकुरामा सोडियमको मात्रा उच्च हुन्छ । यी खानेकुरा बढी खाँदा उच्च रक्तचाप बढ्छ र आँखाको समस्या पनि हुन सक्छ । साथै डिब्बा बन्द खानेकुरा, फास्टफुड स्याचुरेटेड फ्याटयुक्त खानेकुराले मधुमेह र उच्च रक्तचापको जोखिम र आँखाको रोगको जोखिम बढाउँछ । त्यसैले यस्ता खानेकुराबाट टाढा रहनु जरुरी छ । साथै, आँखाको स्वास्थ्यका लागि आहारमा पौष्टिक खानेकुरा समावेश गर्नु उपयुक्त हुन्छ ।

(नेत्ररोग विशेषज्ञ डा. बजगाईं नेपाल आँखा अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

आँखा डा. वरुण श्रेष्ठ हरियो सागपात
लेखक
डा. प्रिया बजगाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?