+

जब बालबालिका एकोहोरिने, एक्लै बोल्ने गर्छन्

२०८० असार  २४ गते १४:१४ २०८० असार २४ गते १४:१४
जब बालबालिका एकोहोरिने, एक्लै बोल्ने गर्छन्

बालबालिकामा मस्तिष्क विकासको क्रममा आउने समस्यालाई अटिजम भनिन्छ । यसलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । यसमा बच्चामा एक्लै खेल्न मन पराउने, आँखा जुधाएर बोल्न नसक्ने, उमेरअनुसार बोली नफुट्ने, आफूसमान उमेर समूहका साथीसँग घुलमिल हुन मन नपराउने, एकोहोरो बस्न मन पराउने, कुराकानी नगर्ने, एउटै कुरा दोहोर्‍याइरहने, बोलाउँदा पनि प्रतिक्रिया नदिने, अस्वाभाविक रूपमा हाँस्ने वा कराउने इत्यादि लक्षण पर्छन् ।

टिभी, कम्युटर र मोबाइलको लत धेरै हुने बालबालिकामा भर्चुअल अटिजम देखिन सक्छ । यो धेरैजसो तीन वर्षमुनिका बच्चा देखिने गर्छ ।

भर्चुअल अटिजमको उपचार

भर्चुअल अटिजम भएका बालबालिकालाई टिभी, मोबाइल र स्क्रिनबाट टाढा राख्नुपर्छ । स्क्रिनबाट ६ महिना जति टाढा राख्न सकेमा बच्चालाई यो रोगबाट निको पार्न सकिन्छ । भर्चुअल अटिजमको हालसम्म कुनै पनि औषधि नभएकाले यसबाहेक अरु विकल्प छैन ।

अटिजम भएमा थेरापी गर्न सकिन्छ । थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरू रमाउने हुने, आराम मिल्ने र यसका कारण उनीहरूमा रोगप्रतिरोधक क्षमताको पनि विकास गर्न वृद्धि गर्न मद्दत गर्छ । यी थेरापी गर्न थेरापी सेन्टर धाउनु पर्दैन । यसको लागि चिकित्सकसँग परिवारको कोही सदस्यले थेरापी सिकेर घरमा बच्चालाई दिनदिनै गराउन सक्छन् । यो थेरापी ६ महिनादेखि दुई वर्षसम्म गर्नुपर्ने हुन्छ ।

अटिजमको समस्या हुनै नदिन के गर्ने ?

दैनिक बालबालिकासँग कम्तीमा २०-३० मिनेट समय बिताउने, घुलमिल हुने, कुराकानी गर्ने, मोबाइलमा भन्दा पनि किताब हेर्न प्रेरित गर्ने, टिभी कम हेर्न दिने, बच्चासँग आफू पनि बच्चा भएर खेल्ने, बच्चालाई मोबाइलमा भन्दा पनि वास्तविक खेल खेल्न जोड दिने, साथीभाइसँग घुलमिल हुन प्रेरित गर्ने, समय मिलाएर बच्चाहरुसँग आफू पनि बच्चा भएर खेल्ने, दोहोरो कुराकानी र समयमा सुताउने खुवाउने गर्न सकिन्छ । यस्तो गरेमा भर्चुअल अटिजम र अन्य अटिजम हुनबाट बच्न सकिन्छ ।

(बाल मनोचिकित्सक डा. झा काठमाडौं महाराजगञ्जस्थित  कान्ति बाल अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

अटिजम डा. अमित झा भर्चुअल अटिजम स्वास्थ्य
डा. अमित झा
लेखक
डा. अमित झा
बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १६२१३ एमबीबीएस, एमडी (मनोचिकित्सक), डीएम (बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सा) कान्ति बाल अस्पताल र सिनर्जी माइन्ड क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?