+
+

वीरेन्द्र जैसीले तोडे अनशन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १९:३३

२५ असार, काठमाडौं। प्रहरीको गोली लागि सख्त घाइते भई उपचार तथा क्षतिपूर्तिका लागि तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीले अनशन तोडेका छन् ।

सोमबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुस खुवाएर अनसन तोडाएका हुन् ।

अनशन तोडाउदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोरेर उपयुक्त रोजगारीसमेतको व्यवस्था गरिदिने वचन दिएका छन् ।

आजबाट भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ ।

वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो। तर, उपचारमा कुनै सहयोग भएको थिएन।

माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?