+
+

सुनिता दुलाल भन्छिन्- २०८१ सालमा बिहे गर्छु, ढिलो होस् तर राम्रो होस्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १३:१७

काठमाडौं । लोकगायिका सुनिता दुलालको विवाहको कुरालाई लिएर निकै चर्चा हुने गरेको छ । विभिन्न कार्यक्रममा सञ्चारकर्मीहरुले उनलाई विवाह कहिले गर्ने ? भनेर प्रश्न तेर्स्याइहाल्छन् ।

मंगलबार तीज गीत ‘पियारी’ सार्वजनिक कार्यक्रमा पनि उनी यो प्रश्नबाट बच्न सकिनन् । उक्त कार्यक्रममा सुनिताले आगामी वर्ष विवाह गर्ने योजनामा आफू रहेको बताइन् ।

‘विवाहका लागि सबै कुरा मिल्नुपर्‍यो । ढिलो होस् तर राम्रो होस् । विवाहको योजनामै छु । २०८१ सालमा विवाह गर्छु,’ उनले भनिन् ।

सुनिताले यसअघि पनि आफू विवाहको तयारीमा रहेको बताउँदै आएकी थिइन् । तीन वर्षअघि पनि उनको विवाह गर्न लागेको खबर बाहिरिएको थियो । त्यसबेला सुनिताले यो खबरले आफू छक्क परेको बताएकी थिइन् । मंगलबार भने उनले विवाहको लागि कुरा भइरहेको खुलाउँदै आगामी वर्ष विवाह गर्ने योजना रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?