+
+
Shares

मन्दिरको एकालाप

कञ्चन कञ्चन
२०८० साउन २७ गते १८:३३

दिनरात/ रातदिनको

कोलाहलहरुबीच सुतेर

निन्द्रा नपुगेको मन्दिर

उँग्दै उभिरहेको छ।

 

घण्टाहरूको

उच्च कर्कशयुक्त स्वर ।

दिल नछुने

हार्मोनियम, गीत र सुर।

सीमित संसारका

अपरीमित कामना….।

यी सबको बोझ

मन्दिरको जीवनलाई

बोझिल तुल्याउन पर्याप्त छन्।

 

मान्छे हुनुको स्वाभिमान

गुमाउनेहरूको मात्र होइन,

अधिक मान्छे हुनुको अभिमान

बिना कारण धारण गर्नेहरूको पनि

अनगिन्ती मुखौटाहरू हेरिरहन्छ मन्दिर।

 

मन्दिर दिक्क छ –

आफू बाहिरको हल्ला देखेर,

आफूभित्रको सल्लाह सुनेर।

अनि देखेर एउटै आत्माका

वैविध्ययुक्त फोटोकपी।

 

थाहा छ मन्दिरलाई –

नाटक गरीगरी

बाँच्नुपर्ने जिन्दगीमा

ओभर सिरियस मान्छेहरूको

पहेंलिएको जीवन ।

 

मन्दिरलाई यो पनि थाहा छ कि –

सिरियस नाटक

गर्नुपर्ने जिन्दगीमा

नन् सिरियस यायावरहरूको

विक्षिप्त जीवन।

 

यो सबको अनवरत ड्युटीबाट

दिक्क भएको मन्दिर

रिटार्यड हुने वेला पर्खीबस्छ  ।

 

अनि तुलना गरिरहन्छ –

रिक्तताले पूर्णता पाएको

समय बिताउने चाहना

र,

स्वयंलाई आवृत्त गरिरहेका

हजारौं मानिसका हस्ताक्षर/ हस्तक्षेप।

 

तसर्थ

मन्दिर आफूमाथि एउटा पर्चा टाँस्न चाहन्छ

जसमा लेखिएको होस् –

‘मन्दिर उदास छ,

बस् मन्दिरलाई सुत्न देऊ।

कुनै बेला ताजा मुडमा

तिम्रो कामनाको फेहरिस्त हेर्नेछ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कञ्चन

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?