+
+
Shares
कविता :

नेपालको कानुन दैवले जानुन्

तिलक रावत तिलक रावत
२०८० साउन २९ गते १४:३६

बा भन्नुहुन्छ

छोरा,

तिमी त कानुन पढ्ने मान्छे  मलाई भन्देऊ न

नेपालको कानुन दैवले जानुन् किन भनिएको ?

बाको प्रश्नले नाजवाफ भएको म

एकैछिन  सोच्छु र भन्छु

बा,

यहाँ, गल्ती गर्नेले सजाय पाउँदैन

सजाय पाएकाले गल्ती गरेकै हुँदैन

पहुँचवालाले प्रमाण बनाउँछन्

त्यही प्रमाणको आधार लिन्छन्

न्यायमूर्तिहरु फैसला बनाउँछन्

शक्तिवाला बनावटी प्रमाणले मुद्दा जित्छ

बिचरो पीडित तमासा हेर्छ ट्वाँ पर्छ

यो सबै कसैले बुझ्दैनन्

कसैले नबुझ्ने भएर भनिएको होला बा

नेपालको कानुन दैवले जानुन्

नेपालको कानुन नेतालाई लाग्दैन

नेपालको कानुन जनतालाई छोड्दैन

धनी नेता कानुनलाई टेक्छ

बिचरो गरिबलाई अन्यायले छेक्छ

विस्मृत सांसद कानुन बनाउँछन्, बनाएकै दिन भुल्छन्

बबुरा न्यायाधीश कानुन पढ्छन्, नजीरमै डुल्छन्

बनेको कानुन न नेताले बुझ्छन्

बनेको कानुन न न्यायमूर्ति जान्दछन्

जनताले बुझ्ने त कुरै भएन

नेता, न्यायाधीश, जनता कसैले कानुन नजानेपछि

बाँकी रहेका त्यै दैव त हुन्

त्यसैले,

भनिएको होला बा

नेपालको कानुन, दैवले जानुन्

(रावत दाङस्थित तुलसीपुर मेट्रो कलेजका कानुनका विद्यार्थी हुन् ।)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?