+
+

सुनका गहना चोरेको आरोपमा लमजुङमा एक युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १३:४७

१९ भदौ, गोरखा । सुनका गरगहना चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेसीशहरकी सुजा घिमिरे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केही दिनअघि बेसीशहर नगरपालिका-७ को क्याम्पस रोड र न्यू इरा बोर्डिङ स्कुल नजिकै भएको छुट्टाछुट्टै घटनामा करिब २३ तोला बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको थियो ।

चोरीको घटना बढ्न थालेपछि सूक्ष्म अनुसन्धानका साथै निगरानी बढाएको लमजुङ प्रहरीले आइतवार घिमिरेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी घिमिरेको साथबाट सुनको रानीहार, मिनिहार, सिक्री र सुनको गणेशको मूर्ति लकेट एक/एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश सिर्मलले बताए ।

त्यस्तै सुनको वाला, औठी, झुम्का, सुनको रातो पत्थर जडित औंठी, सुनको पत्थर जडित टप, सुनको औंठी दुई/दुई थान र सुनको टप ४ थानसमेत फेला परेको उनले जानकारी दिए । उनीविरुद्ध चोरी तथा डाँका कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी सिर्मलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?