+
+

नेम्वाङको निधन नेपाली राजनीतिका लागि ठूलो क्षति : गृहमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते ८:३३

२६ भदौ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘नेपालको लोकतान्त्रिक परिवर्तनलाई संविधानमा संस्थागत गर्ने भूमिकाका निम्ति नेपाली जनताले सदा अध्यक्ष सुवास नेम्वाङलाई स्मरण गरिरहने छ ।’

नेम्वाङको निधन नेपालको राजनीति र समाजका निम्ति अत्यन्त ठूलो क्षति भएको उनले बताए ।

नेम्वाङ संविधानसभाबाट संविधान घोषणाका कुशल नेता मात्र नभएर संसदीय अध्यासमा सिद्धहस्त नेता पनि भएको श्रेष्ठले बताए । ‘कुनै जटिलता आए खोजी गर्ने र निकास दिने गर्नुहुन्थ्यो,’ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘पछिल्लो पटक जब मिटरब्याजीसम्बन्धी विधेयक जटिल अवस्थामा पुगेको थियो । त्यसलाई संसदबाट पारित गरेर कानुन बनाउने दिशामा निर्णायक भूमिका खेल्ने काम उहाँबाट नै भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?