+
+

जब लुटेराले हानेको गोली आइफोन १५ ले छेक्यो !

एजेन्सी एजेन्सी
२०८० असोज ३ गते ९:०६

आइफोन १५ सिरिज सार्वजनिक भएसँगै एप्पल प्रडक्टका शौखिनहरुमा एक प्रकारको उत्साहको माहोल छ ।

एकातर्फ आइफोन १५ बुकिङ गर्ने तथा खरिद गर्नका लागि होडबाजी चलिरहेको छ भने अर्कोतर्फ यो नयाँ आइफोनका विषयमा एउटा अनौठो दाबी सार्वजनिक भएको छ । एकजना आइफोन प्रयोगकर्ताले आइफोन १५ का कारण आफू दर्दनाक मृत्युबाट बचेको दाबी गरेका छन् ।

मिडियम डटकमका अनुसार ती व्यक्तिले हालै आइफोन १५ खरिद गरेका थिए । उक्त आइफोन उनका लागि प्राणदायक ढाल सावित भयो ।

क्यालिफोर्नियाको सिलिकन भ्यालीका बासिन्दा रहेका ३५ वर्षीय लेखापाल ग्यारी हेन्डरसन आफ्नो यस्तो दाबीका कारण चर्चाको शिखरमा छन् । उनलाई मानिसहरुले आइफोन गार्जियनको उपमा दिएका छन् ।

आइफोनले भौतिक विज्ञानका नियमहरु तोडेर आफूलाई घातक गोली प्रहारबाट बचाएको जिकिर उनको छ । दिउँसोको समयमा सडकमा हिँडिरहेको बेला आफूमाथि गोली प्रहार भएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘म सडकमा टहलिंदै सोसल मिडिया स्क्रल गरिरहेको थिएँ र आफ्नो कामसँग सम्बन्धित इमेलहरुको जवाफ दिइरहनुका साथै फनी क्याट भिडियो पनि हेरिरहेको थिएँ । त्यहीँ बेला मानिसहरुबीच भागदौड मच्चियो किनकि लुटेराले एकजना बटुवाको पर्स खोस्ने प्रयास गरेको रहेछ । त्यसपछि जे घटना भयो त्यो निकै भयानक थियो । लुटेराले बन्दुक नचाउँदै मैतिर गोली चलायो । मैले तत्कालै आफ्नो आइफोन उठाएँ । मलाई विश्वासै लागेन कि मेरो फोनमा टकराएर गोलीको दिशा नै बदलियो । त्यो चमत्कारले मेरो ज्यान बँचायो ।’

ग्यारीका अनुसार उनले त्यो आइफोन घटनाको केही घण्टा अगाडि मात्रै खरिद गरेका थिए ।

उनको त्यस्तो दाबीप्रति धेरैले विश्वास भने गरेका छैनन् । सोसल मिडिया प्रयोगकर्ताहरुले नयाँ आइफोनमा बुलेटप्रुफ फिचर रहेको हुनसक्ने भन्दै मजाक गरेका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?